ताजा खवरहरु:

प्रहरीलाई सीसाको बोतलले टाउकामा हिर्काउदा

एन्ज्याक डेमा प्रहरीको टाउकोमा सीसाको बोतलले हिर्काउने तीनजना पक्राउ परेका छन । घटना बिहीबार सिड्नीमा घटेको हो ।

पवमा झगडा भएपछी सबै जड्याहाहरूलाई बाहिर निकाली भट्टी बन्द गरियो र प्रहरी बोलाईयो । केहीबेरमा प्रहरी पनि आए । तर बाहिर निकालीएका मध्येको यूवाहरूको एक समुह पुनः भित्र आयो र होहल्ला गर्न थाल्यो ।

प्रहरीले उनीहरुलाई बाहिर निकाल्न प्रयास गर्यो तर उनीहरू आक्रोशित वने र भौतिक आक्रमणमा उत्रिए । उनीहरूमध्येका एक १९ बर्षीय यूवाले नजिकै रहेको सीसाको बोतलले प्रहरी कन्टेबलको टाउकोमा प्रहार गरे र टाउकोमा मुक्काले समेत हाने ।

अन्य दुई जना ले तीनलाई प्रहरीबाट छुटाउन प्रहरीको आँखामा क्याप्सिकम स्प्रेले हाने । तसर्थ प्रहरीले तीनैजनालाई नियन्त्रणमा लियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading