के कारण तनाबमा छन सलमान आजकल?

अभिनेता सलमान खान अहिले फिल्म ‘दबंग ३’ को सुटिङमा व्यस्त छन् । भारतको मध्यप्रदेशको महेश्वर र मांडुमा सुटिङ गरिरहेका सलमान फ्यानलाई पनि भेटिरहेका छन् । खबरअनुसार मांडुमा रहेको जलमहल भन्ने पुरातात्विक स्थानबाट फिल्मको सेट नै हटाउनु परेको छ ।

सुटिङ चलिरहेको थियो । भारतीय पुरातत्व सर्वेक्षण विभागले सूचना जारी गरेपछि ‘दबंग ३’ को सेट जलमहलबाट हटाइएको छ । सोही कारण नै बुधबारको फिल्मको सुटिङ छेवैको मुंज तालाब भन्ने स्थानमा गर्नु परेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

जलमहल प्राचीन तथा पारातात्विक क्षेत्र भएका कारण भारतीय कानुनमा सो स्थानमा सुटिङ गर्न नमिल्ने उल्लेख भएको बताउँदै पुरातात्व विभागले सूचना जारी गरेको थियो । साथै फिल्मको युनिटलाई नर्मदा नदीमा रहेको प्राचीन धरोहरमा नोक्सान पुर्‍याएको आरोप पनि लागेको छ । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । सुटिङमा अवरोध भइरहेकाले सलमान अचेल तनावग्रस्त छन् ।

Leave a Reply