नेपालको अन्तरिक्ष युगमा प्रवेशको समाचार भारतीय संचारमाध्यममा पनि छायो

२० आप्रिल २०१९, काठमाण्डौ- नेपालले छोडेको पहिलो स्याटेलाईटको समाचारले भारतीय सञ्चारमाध्यममा समेत स्थान पाएको छ । भारतको प्रमुखमध्ये मानिने हिन्दुस्तान टाइम्सले नेपालले छोडेको पहिलो अन्तरीक्षयानबारे लेखेको छ,- “नेपालले बिहिवार अमेरीकाबाट आफ्नो देशको मौसमबारे जानकारी लिन पहिलो अन्तरीक्षयान प्रक्षेपण गरेको छ, जसले नेपाली जनता र बैज्ञानिकलाई अत्यन्त खुसी तुल्याएको छ ।”

नेपालले नेपाली बैज्ञानिकहरुबाट नै निर्मित नेपालीस्याट १ नामको अन्तरीक्षयान गत बिहिवार नेपाली समयअनुसार २:३१ बजे प्रक्षेपण गरेको हो ।

जापानको क्युसु इन्सटिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत बैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठले आफुले अध्ययन गर्ने संस्थाको एक परियोजना अन्तरगत निर्माण गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अन्तरीक्षयान निर्माण गर्ने बैज्ञानिकहरुलाई धन्यवाद दिदै यो सम्पुर्ण राष्ट्रका लागी गर्वको कुरा भएको प्रतिकृया दिएका छन । साथै ओलीले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको पनि बताएका छन ।

Advertisements

Leave a Reply