आप्रवासीले अष्ट्रेलिया परिवार ल्याउन ५६ बर्षसम्म कुर्नुपर्ने?

१६ अप्रिल २०१९, क्यानवेरा- आप्रवासीका पक्षमा वकालत गर्ने एड्भोकेडहरुले कुनैकुनै आप्रवासीहरुले आफ्ना परिवारलाई अष्ट्रेलिया ल्याउन ५६ बर्षसम्म कुर्नुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाएका छन । गत हप्ता अष्ट्रेलियाको सिनेटमा आप्रवासी तथा भिषा हेर्ने बिभागले सबैखाले भिसाहरुको लागी कुर्नुपर्ने औषत समयबारे जानकारी गराएको थियो ।

सह सचिव पेटा डनले ७५ प्रतिसत पार्टनर भिषा १४ देखी २१ महिना र ७५ प्रतिसत बच्चाको भिसा १० देखी १२ महिनाभित्र हाल कारवाहि भइरहेको जानकारी गराए ।

अष्ट्रेलिया आएर केही योगदान गर्न सकने वा ४७ हजार ४५५ अष्ट्रेलियन डलर शुल्क तिर्न सक्ने हरुले आफ्ना अभिभावक अष्ट्रेलिया ल्याउन ४५ महिनासम्म कुर्नुपर्छ । तर योगदान गर्न नसक्ने अभिभावक ल्याउन ३० देखी ५६ बर्षसम्म कुर्नुपर्ने अवस्था छ । हाल होम अफिसमा करिब ५० हजार योगदान गर्न नसक्ने अभिभावकहरुको आवेदन रहेको एसबिएसमा खबर छ ।

सरकारले आप्रवासीहरुका लागी लागु गरेको सिमित भिसा संख्या यसका लागी जिम।मेवार भएको बिज्ञहरु बताउछन । केही समय अघिमात्र सरकारले बार्षिक आप्रवासी भिसा संख्या मा ३० हजार कटौति गर्दै १ लाख ६० कायम गरेको छ ।

Advertisements

Leave a Reply