ताजा खवरहरु:

राष्ट्रपतिबाट माग्ने सम्मानिन, लेखे यस्तो स्टाटस

१६ अप्रिल २०१९, काठमाण्डौ- आइतबार राष्ट्रपति निवास शितल निवासमा विशेष चहल पहल थियो। सरकारले विभिन्न क्षेत्रमा व्यक्तिलाई विभिन्न पदकले सम्मान गर्ने निर्णय गरे अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्ति मध्ये केदार घिमिरे अर्थात माग्ने बुढालाई पनि सम्मान गरेकी थिइन् ।

आफु सम्मानित भएपछि माग्ने बुढाले मन छुने स्टाटस लेखेका छन् ।उनले लेखेका छन्, ‘सधैं यस्तै अलिकति निहुरिन पाउँ। छाती तन्काएर कसैका सामु घमण्ड नगरौं। सानो भइयो भने जता पनि अटाइन्छ, ठूलो हुँदा कतै अटाइँदैन। त्यसेले सधैं सानै हुन पाउँ। हँसाइरहन पाउँ। ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु।’

घिमिरेले लामो स्टाटस लेखेर आफू सम्मानित भएको फोटो पनि पोस्ट गरेका छन्। सो कार्यक्रममा विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री ९तृतीय श्रेणी०, साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप ९चतुर्थ श्रेणी०, विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री ९चतुर्थ श्रेणी० र ७४ जनालाई जनसेवाश्री ९पञ्चम श्रेणी० मानपदवीद्वारा विभूषित गरिएको थियो। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उनीहरुलाई राष्ट्रपतिले आइतबार सुशोभित गरेकी थिइन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading