ताजा खवरहरु:

श्रृखलालाई पत्याएन अष्ट्रेलियाले

१३ अप्रिल २०१९, सिड्नी- मिस वल्र्डको टप १२ मा पर्न सफल सुन्दरी श्रृंखला खतिवडा अष्ट्रेलियाले भिसा नदिएपछी तनावमा परेकी छन । ओसिस एजुकेशन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर समेत रहेकी मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट भएको छ ।ओसिस एजुकेशन र युएनएईको आयोजनामा आज हुने भनिएको च्यारिटी डिनर शृखलाको भिषा रिजेक्ट हुनाले अर्को मितिका लागि सरेको छ । आयोजक युएनएईले बिहिबार साँझ नै प्रेस रिलिज जारी गरी ईभेन्ट सरेको जानकारी गराएको हो ।मिस वर्ल्ड २०१८ को उत्कृष्ट १२ मा पर्न सफल मिस नेपाल शृखलालाई आम नेपालीले रुचाउने गरेका छन् । उनी छोटो समयमा नै राम्रो छाप पार्न सफल बनेकी छिन् । यद्दपी सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीता जनाउन अष्ट्रेलिया आउन भिषा आबेदन दिएकी शृखलाको भिषा रिजेक्टले आयोजकलाई मात्र नभएर उनी स्वमलाई समेत नकरात्मक असर परेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading