पूर्व राजाको नयाँ बर्षको शुभकामना: कमी कमजोरी सच्याउन जोड

१३ अप्रिल २०१९, काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले देशको हित र राष्ट्रिय एकताका लागि सबै जना निष्ठानवान र ऐक्यबद्ध भएर अघि बढ्नु पर्ने बताएका छन् । नयाँ बर्ष २०७६ को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले अबका दिन बिगतमा भएका कमीकमजोरी र गल्तीलाई आत्मसात गर्न पनि आवश्यक रहेको बताएका छन् । शुभकामना सन्देशमा लेखिएको छ “अब केबल हिजो अस्तिको जस्तो समय बियाल्ने परिपाटीलाई मात्र अंगालेर पुग्दैन, जनताको घर दैलोमा पुग्दा जनताका अनगन्तिी समस्या र दुर्दान्त पीडा रहेको पाएको छौ, लाखौ नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोििचत सुख र शान्ति प्राप्त गर्न नसक्ने यस्तो नाजुक अवस्था कहिलेसम्म रहने ?”
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस