ताजा खवरहरु:

अष्ट्रेलियाको संघीय चुनाव १८ मे मा हुदै

Australian Prime Minister Scott Morrison speaks to the media as Small Business Minister Michaelia Cash (right) and Member for Robertson Lucy Wicks (left) look on during a visit to Central Coast Motor Group in Gosford, Tuesday, April 9, 2019. (AAP Image/Joel Carrett) NO ARCHIVING

११ अप्रिल २०१९, क्यानवेरा- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिशनले अष्ट्रेलियाको आगामी संघीय चुनाबको मिति घोषना गरेका छन । उनले अष्ट्रेलियाको संघीय चुनाब शनिवार, १८ मे मा हुने घोषणा गरेका हुन् । बिहिवार बिहान प्रधानमन्त्री कार्यालय बाहिर भएको पत्रकार सम्मेलनमा मोरिशनले उक्त घोषणा गरेका हुन ।

मे १८ मा हुने उक्त निर्वाचनले अष्ट्रेलियाको संघीय सरकारको ४६ औं संसद चयन गर्ने छ । अष्ट्रेलियाको संघीय निर्वाचनले तल्लो सदनका लागी १५१ जना तथा माथिल्लो सदनका लागी ७६ जना चयन गर्ने छ । अष्ट्रेलियामा हरेक ३ बर्षमा संघीय चुनाब हुने गरेको छ भने मतदान अनिबार्य छ । अष्ट्रेलियाको निर्वाचनमा दुइ ठूला दलहरुका बिच मुख्य प्रतिस्पर्धा हुने छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading