अष्ट्रेलियाको संघीय चुनाव १८ मे मा हुदै

११ अप्रिल २०१९, क्यानवेरा- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिशनले अष्ट्रेलियाको आगामी संघीय चुनाबको मिति घोषना गरेका छन । उनले अष्ट्रेलियाको संघीय चुनाब शनिवार, १८ मे मा हुने घोषणा गरेका हुन् । बिहिवार बिहान प्रधानमन्त्री कार्यालय बाहिर भएको पत्रकार सम्मेलनमा मोरिशनले उक्त घोषणा गरेका हुन ।

मे १८ मा हुने उक्त निर्वाचनले अष्ट्रेलियाको संघीय सरकारको ४६ औं संसद चयन गर्ने छ । अष्ट्रेलियाको संघीय निर्वाचनले तल्लो सदनका लागी १५१ जना तथा माथिल्लो सदनका लागी ७६ जना चयन गर्ने छ । अष्ट्रेलियामा हरेक ३ बर्षमा संघीय चुनाब हुने गरेको छ भने मतदान अनिबार्य छ । अष्ट्रेलियाको निर्वाचनमा दुइ ठूला दलहरुका बिच मुख्य प्रतिस्पर्धा हुने छ ।

Leave a Reply