राजदुतबाट बर्खास्त: समाचारपत्र, चरित्रहत्या नगर: लक्की शेर्पा
९ जनवरी २०१९, काठमाण्डौ- केही दिनअघि राजदुत लक्कि शेर्पा बर्खास्त भन्ने समाचार देशभरका समाचारपत्रहरुमा भाइरल भयो । त्यसको लगत्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले मन्त्रिपरिषदबाट त्यस्तो कुनै निर्णय नभएको सपष्टिकरण दिएको समाचार आयो । हाल भने विवादस्पद अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्कि शेर्पाले सत्य तथ्य बुझिदिन भन्दै कपोकल्पित र भ्रमित पार्ने गरी गलत हल्ला नफैलाईदिन आग्रह गरेकी छन् ।
केही साताअघि राजदुत लक्कि शेर्पाकी ड्राइभर वाङछु शेर्पाले चर्चित टेलिभिजन सो ‘सीधा कुरा जनतासँग’ मार्फत राजदुत शेर्पामाथी मानवतस्करीको आरोप लगाएपछी उनको राजदुत पद धरापमा परेको अनुमान धेरैले गरेका छन । अष्ट्रेलियाको नेपाली समुदायले राजदुत शेर्पाले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने बताइरहेपनि शेर्पाले राजीनामा गरेकि छैनन् । सरकारले गठन गरेको छानबिन समितिले समेत शेर्पाले मानवतस्करी गरे नगरेको बारे कुनै कुरा उल्लेख गरेको छैन् ।
यसैबिच अष्ट्रेलियाको नेपाली समुदायले भने नेपाल सरकारसँह अब उप्रान्त राजनितिक नियुक्तिका राजदुत नपठाउन आग्रह गरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस