ताजा खवरहरु:

रवीन्द्र अधिकारी पनि भ्रष्टाचारी?

३ जनवरी २०१९, काठमाण्डौ- सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ। वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’

पहिले प्रतिवेदनको सम्पूर्ण विवरण अध्ययन नगरी अहिले नै पार्टीले धारणा बनाउँदा हतार हुने पनि उनले बताए। भ्रष्टाचारको तथ्यगत आधार पुष्टि भए पार्टीले त्यसका निम्ति जे गर्नुपर्ने हो त्यही अनुसारको निर्णय लिने श्रेष्ठको भनाइ छ।

कारवाही सिफारिस भएका पर्यटनमन्त्री अधिकारीले उपसमितिको प्रतिवेदनवाट आफू अचम्मित भएको बताएका छन्। उनले समय क्रममा तथ्य खुल्ने पनि बताए। अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘प्रतिवेदन जुन ढंगले आएको छ, त्यसमा म अचम्मित छु। वाइडबडी खरिदमा मेरो कुनै संलग्नता छैन। एक दिन समय आएपछि यथार्थ स्पष्ट हुन्छ।’

प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणकै विषयमा पार्टी स्थायी समिति वैठकमा सरकारले छानबिन समिति गठन गर्ने बताएका थिए। वाइडबडी प्रकरणलाई प्रतिपक्षी दलले संसद्मा उठाएपछि तुरुन्तै छानविन समिति गठन गरेर अनुसन्धान थालिने प्रधानमन्त्रीको भनाइ थियो।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading