नैतिक शिक्षक नै देखिए अनैतिक, ९ बर्षका दुइ छात्राको गरे बलत्कार
काभ्रे । सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक २ छात्रामाथि बलातकार गरेको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक शंकर पहरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।
शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएका थिए । शिक्षक पहरीले ति छात्राहरुलाई कहिले केही किनिदिन्छु भन्दै यौन दुव्यर्वहार गर्ने गरेको उजुरीमा उल्लेख गरिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस