सुर्यसम्मै पुग्ने रकेट प्रक्षेपण गर्दै नासा

११ अगष्ट २०१८, अन्तराष्ट्रिय रुपमा अन्तरीक्षसम्बन्धि अध्ययन गरिरहेको संस्था नासाले अहिलेसम्मकै सुर्यको सबैभन्दा नजिक पुग्ने रकेट प्रक्षेपण गर्ने भएको छ । उक्त यानको नाम ‘पार्कर सोलार प्रोव’ रहेको छ । यो रकेट अहलेसम्मकै दोस्रो शक्तिशालि रकेट रहेको बतापइको छ ।

पार्कर सोलार सुर्यको सतहमै घुम्नेछ । यसले सुर्यको सतहको १३७७ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमको अनुभव गर्ने छ ।उक्त तापक्रम स्टिलको पग्लने तापक्रम हो ।

सुर्यको सतहको तापक्रम सामना गर्न यसमा ४.५ सेन्टिमिटर मोटाइ भएको कार्बनबाट बनेको आवरणले ढाकिएको छ जस्ले यानलाई १६५० डिग्री तापक्रमसम्मपनि पग्लन दिदैन । यो रकेट हालसम्म नजिक गएकाभन्दा ७ गुणा बढी नजिक जाने बताइएको छ ।

Leave a Reply