चपाएको आवाजले झर्को लाग्छ? जाँच गराइहाल्नुहोस, मानसिक रोग लागेको हो

खाना खान रेष्टुरेन्ट गएका बेला कसैले चम्चाले प्लेट बजायो भने, अम्ला पड्कायो भने गाला चड्काइदिउ जस्तो सबैलाई लाग्छ । घरमा परिवारजन वा साथीभाइले सँगै खाना खाइरहदा चपाएको आवाज निकाले भने पनि झनक्क रीस उठ्छ । त्यस्ता मानिसहरु त डायनोसरको युगकै झैं लाग्छ ।

यदि तपाईलाइ पनि त्यस्तै हुन्छ भने तपाईलाई पनि लाखौं मानिसहरुलाई जस्तै एक मानसिक रोग लागेको हो जस्लाइ ‘मिसोफोनिया‘ भनिन्छ । यो तथ्य भर्खरै अष्ट्रेलियाको न्यु क्यासल युनिभर्सिटिको सोधकर्ताहरुले पत्ता लगाएका हुन् ।

मिसोफोनिया भएका मानिसहरुलाई खाना खाएको, चपाएको, ठुलो स्वास फेरेको, डट्पेनको खिटिक खिटिक आवाज आदि सुन्दा रीस उठ्ने हुन्छ । यो रोग सन् २००१ मा पहिलोपल्ट पत्ता लागेको हो त्यसवेला यो रोगलाई अर्कै नाम दिइएको थियो ।

सोधकर्ताहरुले यस्ताखाले बिरामीहरुको मस्तिष्क स्क्यान गरि माथि लेखिएका आवाजहरुले बिरामीहरुको मस्तिष्कको गतिविधिमा परिवर्तन हुने पत्ता लगाएका हुन् ।

Advertisements

Leave a Reply