मान्छेको टाउकोभित्र ३० वटा जुकाका अण्डा भेटिएपछी
३ अप्रिल २०१८, एजेन्सी- मान्छेको टाउकोभित्र ३० वटाभन्दा बढी जुकाका अण्डा भेटियो भनेर सुन्दा सुरुमा अचम्म लाग्न सक्छ । तर चीनमा हालसालै यस्तै एक घटना भएको छ । एकजना मानिस टाउको दुख्ने, छारेरोग र वान्ताका कारण डाक्टरकहा गएका थिए । डाक्टरले टाउकाको एमआरआइ गरेर हेर्दा दर्जनौं स-साना थैलाजस्तो वस्तु देखिएपछी अप्रेसन गरिएको थियो । अप्रेसन गर्दा उनको टाउकामा विशेष प्रकारको जुका (टेपवर्म) को ३० वटाभन्दा बढी अण्डा भेटिएको थियो ।
दक्षिणी चीनको ग्वान्जावो बस्ने ४६ बर्षिय एक ब्याक्तिलाई टाउकामा विशेष प्रकारको जुका (टेपवर्म) हुने न्युरोसिस्टिसिरोसिस रोग लागेको हो । टाउकोमा टेपवर्म पुगेपछी उक्त जुकाले लार्भा बनाउनेक्रममा बढी तरलपदार्थ निकालेपछी मानिसलाई टाको दुख्ने, वान्ता हुने र छारेरोग लाग्ने हुन्छ । ति मानिसले अत्याधिक काचोँमासु खानेगरेको स्विकार गरेका छन । शरिरभरी छरिएर रहेका अण्डाहरुलाई डाक्टरले अत्यन्त सावधानिपुर्वक हटाएका छन । अप्रेसनका क्रममा अण्डा टाउकोभित्र फुट्योभने बिरामीको मृत्यु हुने गर्दछ ।
टेपवर्म नाम गरेको जुका भएको काँचो सुँगुर वा गाइको मासु राम्रोसँग नपकाइ खादा टेपवर्म मानिसमा प्रवेश गर्छ । मानिसको अन्द्रामा जुकाको लार्भा बयस्क जुकामा परिणत हुन्छ र आन्दा छेड्दै शरीरको पछिल्लो भाग हुदै जुका मानिसको मस्तिष्कमा पुग्छ । मस्तिस्कमा पुगेर पुन लार्भा पार्न थालेपछी टाउको दुख्ने, वान्ता हुने र छारेरोगका लक्षणहरु देखा पर्छन । यस्ता जुका ३० फिटसम्म बढ्न सक्छन ।
पौराणिक कालमा यहि रोगका कारण धेरैको मृत्यु भएका कारण हिन्दुहरुले सुँगुर र गाइको मासु नखाने गरेको विश्वास हिन्दुवादीहरुले गर्ने गरेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस