नेपाली राजनीतिका नमुना उपमेयर उम्मेद्वार कालुराम चौधरी
२५ मार्च २०१८, दाङ- नेपालमा एकपटक राजनितिमा लागिसकेपछी अन्य कुनै काम गर्नु हुदैन भन्ने मान्यता अघोषित रुपमा स्थापित छ । त्यसो त पेसाले डाक्टर रहेका पुर्वराष्ट्रपति रामवरण यादव राष्ट्रपति बनिसकेपछी पुन पेशामा फर्किएनन बरु राज्यस्रोतको दोहन गरी मोजसँग सरकारी निवासमा बस्दै सरकारी विलासी गाडीमात्र चढ्दैनन्, हुदैनभएको रोगको उपचारका लागी राज्यकोषबाट रकम लिएर खर्च नभएको रकम राज्यकोषमा फिर्तासमेत गर्दैनन् ।
यस्तोमा लमही नगरपालकिा वडा नम्बर ५ निपासी ३६ बर्षीय कालुराम चौधरी भने उदाहरण बनेका छन । नेकपा माओवादी केन्द्रवाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उप मेयर पदका उम्मेदवार रहेका उनी आजकल लमही बजारमा तरकारी डुलाएर बेच्दै गरेको भेटिन्छन् ।
लमहीका स्थानीय व्यापारीहरु अचम्म पर्दथे र उनलाई राजनीति गर्ने मान्छे किन यसरी तरकारी डुलाउँदै हिड्न थालेको हो भन्ने प्रश्न गर्दथे । ‘नेता भएरपनि यसरी बजार डुलाएर तरकारी बेच्ने ?’ भन्ने अधिकाँसले उनलाई प्रश्न गरेको कालुराम सम्झन्छन् ।
बजारमा यस्ता थुप्रै प्रश्नहरु तेर्सिदा कालुरामलाई सुरुमा अप्ठेरो नलागेको होइन तर आजभने उनलाई त्यस्ता कुराको कुनै वास्ता छैन । नेकपा माओवादी केन्द्रवाट लमहीनगरपालिकावाट उप मेयर पदमा पराजित भएपछि उनी फेरि पूर्ववत जीवनमै फर्किएका हुन ।
विहानै उठेर गाउँघरमा गएर तरकारी संकलन गर्छन र बजारमा ठेलामा डुलाएर तरकारी बेच्नु चौधरीको दिनचर्या बनेको छ । तर समय समयमा छिमेकी जिल्ला प्यूठान र रोल्पासम्म तरकारी पठाउने गरेको चौधरीले बताए । उप मेयरका उम्मेदवारले घरघर र गल्ली गल्लीमा तरकारी डुलाउँदा ‘कसैले कमरेड नमस्कार’ भन्ने गरेको चौधरीले बताउछन ।
कतिपयले नेताज्यू, भन्ने गरेको कालुराम चौधरी बताउँछन् । उपभोत्ताले नेता भन्दा राम्रो मान्ने चौधरीले स्थानीय स्तरमा उत्पादन भएको तरकारी बेचेर जीवन चलाउन पाउँदा आनन्द लाग्ने गरेको बताए ।
‘स्थानीय स्तरमै उत्पादन भएको ताजा तरकारीलाई उपभोत्ताको घरघरमा पुर्याउदा उपभोत्ता पनि खुःसी हुनुहुन्छ,मलाई पनि आनन्द आउँछ ।’ चौधरीले भने ।
कालुराम चौधरीले तरकारी व्यवसायी वाट दैनिक २० हजार भन्दा वढीको कारोवार गरि दैनिक दुई हजारदेखि तीन हजार सम्म आम्दानी हुने गरेको जानकारी दिए । यहि कमाइवाट उनले तीन सन्तानलाई शिक्षादिक्षा दिन सफल भएको बताए ।
चौधरीले आफू १८ वर्षको भएदेखि नै रिक्सा चलाउने काम गरेको बताउँछन् । रिक्सा संगै हाडवेर्यसमा सिमेन्ट बोक्ने लगायतको मजदुरी गर्दै आएका चौधरी सामाजिक काममा पनि उत्तिकै सक्रिय भएर खटिन्छन् ।
लमही नगरविकास समितिको पार्टी प्रतिनिधी, खिमवहादुर शाह माबी कोलहीको व्यवस्थापन समितिका अध्यक्ष र कर्री सामुदायिक वन उपभोत्ता समितिको अध्यक्ष भएर सामाजिक संस्थाको अनुभवपनि कालुरामले बटुलेका छन् ।
एकपटक राजनीतिमा लागेपछी राज्यकोष दोहनबाटै गुजारा गर्नुपर्छ भन्ने मान्यता बोक्ने नेपाली राजनीतिकर्मीहरुमाझ आफ्नै व्यावसाय गरि समाज सेवामा समेत सक्रिय रहेका चौधरी नेपाली राजनीतिका एक उदाहरणपात्र हुन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस