इयूका अधिकारी देशबाट निस्कासन गर्नुपर्छ
२५ मार्च २०१८, काठमाडौं–राष्ट्रिय जनमोर्चाले कुटनीतिक आचारसंहिता विपरित गतिविधि गर्नेलाई आबह्यक परे देश निकाला गर्नुपर्ने बताएको छ ।युरोपियन यूनियन (ईयु) को गत प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदूतहरुको भेटघाटवारे सो पार्टीले आज विज्ञप्ती जारी गर्दै देश निकालाको विषय उठान गरेको हो ।
‘हाम्रो समाज र राष्ट्रमा विग्रह र विखण्डन ल्याउने कार्य प्रति हामी गम्भीर बन्नुपर्छ । आवश्यक परे उनीहरुलाई देशबाट निस्कासन पनि गर्नुपर्दछ । विश्वका कतिपय देशले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखि त्यसो गरेका उदाहरण हाम्रा अगाडि छन् ।’ अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तीमा छ ।
इयूले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदनमा ‘खस आर्यलाई आरक्षण सूचीबाट हटाउन’ सुझाव दिएको थियो । लगत्तै सरकारले त्यसलाई सच्चाउन भनेपनि इयू नसच्चाउने बताएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस