ताजा खवरहरु:

पढ्न आएकि शुष्माले जितिन ‘मिस इन्डिया ग्लोबल’मा ‘मिस ब्युटिफुल स्माइल’ को ताज

१० मार्च २०१८, एडिलेड- अध्यायनको सिलसिलामा साउथ अष्ट्रेलिया आएकि नारायणगढकि शुष्मा विश्वकर्माले एडिलेडमा भएको 'मिस इन्डिया ग्लोबल २०१८' प्रतियोगीतामा 'मिस ब्युटिफुल स्माइल' को ताज जितेकि छन् । प्रतियोगीता २ मार्चमा पाराफिल्ड गार्डेनमा रहेको एन्कर हलमा सम्पन्न भएको थियो । भारत र पाकिस्तानका बिभिन्न शहरबाट अष्ट्रेलियाको बिभिन्न शहरमा बसोबास गरिरहेका सुन्दरीहरुले प्रतियोगीतामा सहभागीता जनाएका थिए । नेपालबाट प्रतियोगीतामा सहभागीता जनाउने शुष्मा एक्लि प्रतिस्पर्धी हुन् ।

प्रतियोगीताको मुंल्याकन भारतीय अभिनत्री एवं मोडल मुग्दा गोद्सेले गरेकि थिइन । उत्कृष्ट हुनका लागी प्रतियोगीले पाँच चरणसम्म प्रतियोगीता गर्नुपरेको थियो । प्रश्नउत्तर चरणमा ‘जिवनमा कुनै एउटा इच्छा पुरा हुने भैदिएको भए के इच्छा गर्थ्यौ?’ भन्ने प्रश्नको जवाफमा आफुले ‘बाल मजदुर हटाउने इच्छा गर्थे’ भनेर दिएको उत्तर सबैले अत्यन्त मन पराएको स्मरण गर्छिन शुष्मा ।
युनिभरसिटि अफ साउथ अष्ट्रेलियामा नर्सिङ पढ्दै गरेकि शुष्माको मोडलिङमा रुची छ ।केवल २२ बर्षकि उनी हालपनि भारतीय कपडा र गहनाहरुको बिज्ञापनमा मोडलिङ गरिरहेकि छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading