शैक्षिक गुणस्तर उकास्न नयाँ रणनीति
सामुदायिक विद्यालयमा अध्ययनरत् बालबालिकाले ‘फास्ट फुड’ अधिक प्रयोग गर्ने गरेको र विरामी हुने गरेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयमै चमेना गृह सञ्चालन गर्ने र प्लास्टिकमा प्याकिङ गरिएका कुनै पनि वस्तु विद्यालय हाताभित्र प्रवेशमा निषेध लगाउने बताए । उनले भने विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यस बर्षबाट फास्ट फुड विद्यालय परिसरमा सेवन गर्ने निषेध गर्छौ । विद्यालयमा विज्ञान र कम्प्युटर ल्याब सञ्चालन गर्ने बताउादै प्रधानाध्यापक कटुवालले भने सामुदायिक विद्यालयप्रति अभिभावकको रुची जगाउन हामीले अभिभावक सम्मान कार्यक्रम समेत यसबर्षबाट जोडेका छौं ।
कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउापालिका प्रमुख खड्गप्रसाद राजवंशीले सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धिका लागि गाउापालिकाले कन्जुस्याइा नगर्ने धारणा राखे । उनले सबैलाई शिक्षाको पहुाचमा ल्याउन गाउापालिकाले विशेष कार्यक्रम नै सञ्चालन गरेको बताए । त्यस्तै स्रोतव्यक्ति छविलाल बस्नेतले छोटो समयमा गौरीशंकरले शैक्षिक क्षेत्रमा फड्को मारेको चर्चा गर्दै वातावरण मैत्री विद्यालय बनाउन सके बाह्रदशी गाउापालिकाकै नमूना विद्यालयको रुपमा गौरीशंकर विकास भएर जाने धारणा राखे । सबैको सहयोगमा गौरीशंकरलाई नमूना विद्यालय बनाउन अभियान चलाउन उनले अभिभावक समक्ष आग्रह समेत गरे ।
त्यस्तै बाह्रदर्शी गाउापालिका वडा नं. ७का अध्यक्ष मित्रराज भट्टराईले आफ्नो वडामा रहेको विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग गर्ने र बालबालिकालाई विशिष्ठ शिक्षण सिकाइबाट शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने धारणा राखे । विद्यालयले बार्षिकोत्सवको अवसर पारेर सञ्चारकर्मीसहित अभिभावक, शिक्षक र कर्मचारीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारी, शिक्षक लोचनकुमार गुरागााई, प्रकाशचन्द्र राजवंशी र रोशनी श्रेष्ठ रहेका छन् । त्यस्तै अभिभावकहरु श्यामप्रसाद रिजाल, चन्द्रा कार्की, भीम बास्की र घनश्याम स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको थियो । विद्यालयबाट सेवा निबृत्ति शिक्षक भवानीदेवी प्रसाईलाई विदाई गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको समारोहमा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो भने खेलकुद क्षेत्रमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक नेत्रप्रसाद पौडेलले गरेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस