केकीसंग रमाउँदै नारायण
७ मार्च, २०१८ । कार्यक्रम प्रस्ताेता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्ताेताको रूपमा स्थापित भएका नारायण अाफैँले गीतमा स्वर भरेका छन्।
गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन्। निशान घिमिरेले सम्पादन गरेकाे म्यूजिक भिडियाेमा नायारणसँगै नायिका केकी अधिकारीलार्इ देख्न सकिन्छ।
नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भएपनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लाेकप्रिय छन्। उनकाे म्यूजिक भिडियाे रिलिज हुनुअघि नै विशेष चर्चामा रहेकाे थियाे।
सामाजिक सञ्जालमा पनि नारायणकाे म्यूजिक भिडियाेकाे चासाे निकै देखिएकाे थियाे। एजुकेशन पार्कले प्रायाेजन गरेका म्यूजिक भिडियाेमा कुलेखानी अासपासका मनाेरम दृश्यहरू देख्न सकिन्छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस