ताजा खवरहरु:

इनास डेनमार्कमाको दोस्रो अधिवेशन सम्पन्न, नयां कार्यसमिति गठन

७ जनवरी २०१७, डेनमार्क-  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास डेनमार्क राष्ट्रिय समितिको दोश्रो अधिवेशन २ र ३ जनवरी २०१८ मा सम्पन्न भएको छ। डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्सालको प्रमुख आतिथ्य र गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष यामलाल सुबेदीको अध्यक्षता रहेको तथा नेपाली जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्की , प्रवासी नेपाली मंचका अध्यक्ष शिव चापागाईं इनास ग्लोबलका तर्फबाट ग्लोबल समिति सदस्य श्री राजमान तामाङ्ग र इनास युरोप महादेशीय समितिका तर्फबाट युरोप उप संयोजक श्री रबिन्द्र खड्काको उपस्थितिमा सम्पन्न उक्त महाधिवेशनले कार्यकाल २०१७-२०१९ को लागि श्री सन्त कुमार थापा मगरको अध्यक्षतामा  १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।   

श्री राजमान तामाङ्ग ग्लोबल प्रतिनिधि चयन भएका छन । अध्यक्षमा शन्त कुमार थापा मगर, बरिष्ठ उपाध्यक्ष देवश्री कोइराला, उपाध्यक्ष कुसुम दाहाल, महासचिव कृष्ण प्रसाद सुबेदी,   सचिव फणिन्द्र प्रसाद सापकोटा (दिनेश), प्रबक्ता सन्तोष लामिछाने , कोषाध्यक्ष ईश्वर दाहाल (रोबिन) चयन भएका छन । यसैगरी   कार्यकारी सदस्यहरुमा मलिका प्रधान,  सोबू के.सी. ,  सैलेश बिक नेपाली ,  साधना थापा लामिछाने ,  नीतिका नेपाल ,  आँचल सापकोटा, कोपिला शाक्य, बिक्कि महर्जन, शिन्तिया सेन ताम्राकार, सदिक्षा बिमली, बिक्रम कुँवर  र कृपा कंडेल चयन भएका छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading