अमेरीकाले घटायो राष्ट्रसँघलाई दिदै आएको सहयोग
२६ डिसेम्बर २०१७, अमेरीका- इजरायलको राजधानी जेरुसेलम मान्नुपर्ने अमेरिकी प्रस्तावमाथी भएको मतदानमा बाँकी विश्वले अमेरिकाविरुद्ध मत दिएपछि ट्रम्प प्रशासनले राष्ट्रसंघलाई दिने रकम नै कटौति गर्ने घोषणा गरेको हो । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुपर्ने ट्रम्पको निर्णयमा अमेरिका एक्लिएपछि अमेरीकाले यस्तो निर्णय गरेको हो । प्रस्तावको पक्षमा ९ देशलेमात्र मतदान गरेपछी राष्ट्रपति ट्रम्प रिसाएका थिए ।
त्यसो त राष्ट्रसंघमा मतदान हुनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णयमा नसघाउनेहरुको सहयोग रोक्ने चेतावनी दिएका थिए । राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघलाई दिइने सन् २०१८-१९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएका हुन् ।
उनले राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा गरिदै आएको सहयोगपनि कटौती गरिने जानकारी दिए । राष्ट्रसंघले चाहिएभन्दा बढी खर्च गर्ने गरेको अमेरीकाको आरोप छ । सहयोग कटौति गरेको घोषणा गर्दै हेलीले भने- ” अमेरिकी जनताको सदासयताको फाइदा उठाउन हामी कदापि दिन्नौं” । राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा कति रकम कटौति गर्ने भन्नेचाहिं खुलाइएको छैन । मुख्य रुपमा अमेरीकि आर्थिक सहयोगमा चल्दै आएको संयुक्त राष्ट्रसंघको कारबाहिमा अमेरीकि सहयोग कटौतिपछी गंभिर असर पर्ने छ । (एजेन्सी)
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस