बालीमा पक्राउ परे अष्ट्रेलियन एकाउनटेन्ट, फाँसी हुनसक्ने
२० डिसेम्बर २०१७, ब्रिसवेन- थाइल्याण्डबाट इन्डोनेसियाको बालीमा बिदा मनाउने क्रममा अवतरण भएका अष्ट्रेलियन एकाउन्टेन्टलाई फाँसी हुन सक्ने अष्ट्रेलियन सञ्चार माध्यमहरुले बताएका छन । क्विन्सल्याण्डका एकाउनटेन्ट आइज्याक इम्मानुएल रोबर्ट १९.९७ ग्राम मेथामफेटामाईल नामको लागु पदार्थसँग गत डिसेम्बर ४ मा बालीको डेनपसार एयरपोर्टबाट पक्राउ परेका थिए । बाली प्रहरीले उनलाई मंगलवारमात्र उनीसँगै फेला परेको लागुपदार्थसँगै सार्बजनिक गरेको हो ।
अष्ट्रेलियन लिवरल पार्टिका पुराना उम्मेद्वारसमेत रहेका रोबर्टललाई फाँसी अथवा २० बर्षसम्मको जेलसजाय हुनसक्ने सञ्चारमाध्यमहरुले बताएका छन । इन्डोनेसियाको लागुऔषतसम्बन्धी कानुन कडा मानिन्छ ।
रोबर्टको बहस गरिरहेका वकिल डेनी सेडानाले रोबर्ट डिप्रेसनबाट ग्रस्त रहेको र मानसिक स्वास्थका कारण उनी आत्महत्याको उच्च जोखिममा रहेको बताएका छन । पत्रकार सम्मेलनमै बिरामी परेका रोबर्टलाई तत्काल अस्पताल लगि पुन: प्रहरी हेड्क्वार्टरमा ल्याइएको थियो । रोबर्टलाई लामो समयदेखी मानसिक स्वास्थ समस्या रहेको र अष्ट्रेलियामा लागुपदार्थ प्रयोगका कारण उपचार भोगेको पाइएको छ ।
द एड्भटाइजरमा समाचार छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस