यूएईको दुबईमा २४ घण्टामा ५८१ दुर्घटना
१८ डिसेम्बर २०१८, यूएई / यूएईको दुबईमा गत २४ घण्टामा ५ सय ८१ वटा दुर्घटना भएको छ । विभिन्न स्थानमा भएको वर्षा तथा मौसम परिवर्तनका कारण दुर्घटना भएको दुबई प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहाडी इलाकामा कुनै पनि सडक दुर्घटना भएको छैन । दुर्घटनाका कारण मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।
यूएईको रस अल खैमामा भने वर्षासँगै असिना परेको प्रहरीले बताएको छ । सडक तथा यातायात विभागले दुर्घटना न्यूनीकरण गर्नका लागि रस अल खैमामा लगभग १ घण्टा कुनै पनि किसिमका सवारी साधन चल्न दिएको थिएन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस