सर्वसाधारणको आवाज बोल्न छोडेको दिन समबेदना छपाईदिए हुन्छ
१३ डिसेम्बर २०१७, काठमाण्डौं- १४ बर्ष अमेरीकामा विताएर देशलाई बस्न लायक बनाइरै छोड्ने अठोट गर्दै नेपाली टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामको कार्यक्रममार्फत जनताको समस्या र गुनासाहरुलाई समाधान गर्नका लागी हरदम प्रयास गर्दै आएका रवी लामिछानेले ‘सर्वसाधारणको आवाज बोल्न छोडेको दिन समबेदना छपाईदिए हुन्छ’ भन्दै जसको जति टाउको टाउको दुखेपनि सर्वसाधारणको आवाज बन्ने आफ्नो अभियान नरोकिने बताएका छन ।
लामिछानेले आफ्नो फेसबुक स्टाटसमा भनेका छन “जसलाई जति टाउको दुखोस मतलब गरिएन, तर सर्वसाधारण मानिसको आवाज बोल्न छोडेको दिन ठुलो फोटो राखेर समबेदना छपाईदिनुहोला ।”
खासगरि देश रेमिट्यान्समा आधारीत भइरहेको बर्तमान परिपेक्षमा विदेशमा गएका नेपालीहरुको पिरमर्कालाई प्राथमिकता दिरहेका छन । विदेशमा बलत्कृत भएकि गोरखाकि नेपाली चेली अस्टमी गुरुङको बलत्कारीलाई कारबाहि गराउन केही साता अघि लामिछाने आफ्ना टिमसहित दुबहीसमेत पुगेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस