चीन- अष्ट्रेलिया टकराब

१२ डिसेम्बर २०१७, सिड्नी- चीन-अष्ट्रेलिया सम्बन्ध हाल चर्चामा छ । अष्ट्रेलियाका प्रधानमन्त्री म्याकोम टर्नवुलले गतहप्ता अष्ट्रेलियाको राजनीतिमा विदेशी हस्तक्षेप बढेको भन्दै हस्तक्षेप नियन्त्रण गर्न प्रश्ताव नै दर्ता गरेपछी  विवाद सतहमा आएको हो ।

दक्षिण चीनिया समुद्रको विषयमा प्रमुख प्रतिपक्षि दल लेबरका एक नेताले चीनको पक्ष लिएर अष्ट्रेलियाको संसदमा बोलेपछी प्रधानमन्त्रीले हस्तक्षेप नियन्त्रण गर्न प्रस्ताव दर्ता गराएका हुन । टर्नवुलले उक्त प्रस्ताव दर्ता गर्नुअघि अष्ट्रेलियाको राजनीतिमा चीनको बढ्दो प्रभावको विषयमा सञ्चारमाध्यममा आएका समाचारहरुतर्फ ईगिंत गरेका थिए । टर्नवुलले दर्ता गराएको प्रस्तावले अष्ट्रेलियन दलहरुले विदेशी ब्यापारीहरुबाट चन्दा लिने कुरालाई अंकुस लगाउने छ । केही अष्ट्रेलियन दलहरुले विदेशी व्यापारीहरुबाट चन्दा लिने गरेको पाईएको छ ।

चीनिया दुतावासको आपत्ति

अष्ट्रेलिया र चीनको सम्बन्धलाई प्रभाव पार्ने खालका गतिविधीहरुले चीन सरकारको ध्यान खिचेको कुरा विज्ञाप्तिमा बताइएको छ । अष्ट्रेलियन राजनीतिज्ञमा चीनिया लगानी भन्ने समाचारहरुमा कुनै सत्यता नरहेको र यस्ताखाले समाचारको आडमा सरकारले गरिरहेको गतिविधीले चीन र अष्ट्रेलिया बिचको ऐतिहासिक सम्बन्धमा दरार आउनसक्ने चेतावनि दिएइको छ । चीन र अष्ट्रेलिया बिच राम्रो ब्यापारीक सम्बन्ध रहिआएको छ । समरणिय के छ भने अष्ट्रेलियाको तेस्रो प्रमुख आयश्रोतका रुपमा शिक्षा रहेको छ र चीन सबैभन्दा वढी विद्यार्थी अष्ट्रेलिया पठाउने देश हो ।

Advertisements

Leave a Reply