ताजा खवरहरु:

साउथ अष्ट्रेलियाको प्रदेश निर्वाचन मार्चमा

१२ डिसेम्बर २०१७, एडिलेड- गणतान्त्रिक नेपालमा गणतन्त्रको स्थापनापछी पहिलो निर्वाचन भइरहदा साउथ अष्ट्रेलियाको प्रदेश सभाको निर्वाचन पनि आउनै लागेको छ । जम्मा ३ हजारको हाराहारीमा नेपालीहरु रहेको साउथ अष्ट्रेलियामा यहिको नागरीकता लिने नेपालीहरुको संख्या न्युन रहेकाले यहाको राजनितिको नेपालीहरुलाई खासै तान्न नसकेको भएपनि अष्ट्रेलियामा सबैभन्दा चाडो बढ्दै गरेको नेपाली समुदायमा साउथ अष्ट्रेलियाका राजनितिज्ञहरुको आँखा भने पर्ने गरेको छ । नेपालीले आयोजना गर्ने कार्यक्रमहरुमा यहाका राजनितिज्ञहरु सकेसम्म उपस्थिति जनाउछन । त्यसो त यहाको माथिल्लो सदनका अध्यक्ष रसेल वाट्लिले गएको दशैंमा नेपालीहरुलाइ संसद भवनमा नै निमन्त्रणा गरि टीकासमेत लगाइदिए । 

 साउथ अष्ट्रेलियामा आगामी कार्यकालका लागी १७ मार्च २०१८ मा निर्वाचन हुदैछ । उक्त निर्वाचनले सन २०१४ मा चुनिएका तल्लो सदनका सवै र सन् २०१० मा चुनिएका माथिल्लो सदनका ११ (जम्मा सदस्य २२ जना) लाई विस्थापन गर्छ ।

कस्तो छ त साउथ अष्ट्रेलियाको संसद?

साउथ अष्ट्रेलियाको संसदमा तल्लो र माथिल्लो गरी दुइ सदन रहेका छन । तल्लो सदनलाई House of Assembly र माथिल्लो सदनलाई Legialative Council भनिन्छ ।

तल्लो सदन (House of Assembly)

साउथ अष्ट्रेलियाको तल्लो सदनमा ४७ जना सदस्य हुन्छन । हरेक चार बर्षमा हुने आम निर्वाचनद्वारा ति ४७ जना सदस्य चुनिन्छन ।

माथिल्लो सदन (Legislative Council)

माथिल्लो सदनमा जम्मा २२ जना सदस्य रहन्छन जो समानुपातिक पद्दतिद्वारा चुनिन्छन । उनीहरुको कार्यकाल ८ बर्षको हुन्छ । २२ जनामध्ये आधा अर्थात ११ जना हरेक चार बर्षमा चुनिन्छन ।

वर्तमान साउथ अष्ट्रेलियाको संसदमा लेबर दलका २३, लिवरलका २२ तथा २ जना स्वतन्त्र संसदहरु छन । संसदको जम्मा शक्ति तिनै २ स्वतन्त्र संसदहरुमा आधारित छ । स्वतन्त्रमध्येका १ जना संसदले सहयोग गरेका कारण लेवरका जे वेदेरिल साउथ अष्ट्रेलिया सरकारका प्रमुख रहिआएका छन । साउथ अष्ट्रेलियामा सरकार प्रमुखलाई प्रिमियर भननिन्छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading