अष्ट्रेलियामा PR अप्लाई गर्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ व्यवस्था
अष्ट्रेलिया- अष्ट्रेलिया पछिल्लो समयमा नेपालीहरुका लागी आकर्षक गन्तब्य बनिरहेको छ । खासगरी नेपाली विद्यार्थीहरु पढ्न र पढाइसकेपछी यहिको स्थाइ बसोबासको अनुमति लिने उदेश्यले आउने गर्छन र यस्तो संख्या दिनानुदिन बढ्दो छ । अष्ट्रेलियामा आइसक्नु भएको वा आउने सोची रहनुभएको छ भने यो जानकारी पक्कैपनि महत्वपुर्ण हुनसक्छ ।
अष्ट्रेलियाको स्थायी बसोबास अनुमती पाउने मुख्य तीन बाटाहरु छन् । ति हुन;
१. Skilled – Independent (subclass 189)
२. Skilled – Sponsored (subclass 190)
३. Skilled – Regional Sponsored (subclass 489)
यि तिनै खाले अनुमतिका लागी अष्ट्रेलियन सरकारले तपाईको योग्यता हेर्नका लागी अंकप्रणाली लागु गरेको छ र आवेदनका लागी योग्य हुन तीनै तरीकामा सामान्यतया ६० अंक प्राप्त गर्नुपर्ने हुन्छ ।
कस्तो छ त अंकप्रणाली?
देहायका कुराहरुमा यहाहरुले अंक प्राप्त गर्न सकिन्छ ।
- उमेर (३० अंकसम्म)
- अंग्रेजी दक्षता. (२० अंकसम्म)
- कामको अनुभव (२० अंकसम्म)
- पढाइ. (२० अंकसम्म)
- अष्ट्रेलियन योग्यता (५ अंकसम्म)
- पति/पत्निको योग्यता (५ अंकसम्म)
- Professional Year (५ अंकसम्म)
- NAATI
यसबाहेक अष्ट्रेलियाको तोकिएको दुर्गम स्थलमा बसोवास गरेको आधारमा समेत ५ अंक प्राप्त गर्न सक्नुहुन्छ ।
| उमेरबाट प्राप्त हुने अंक | |
| आवेदन गर्दाको समय | अंक |
| 18-24 (inclusive) | 25 |
| 25-32 (inclusive) | 30 |
| 33-39 (inclusive) | 25 |
| 40-44 (inclusive) | 15 |
| अंग्रेजी भाषा दक्षताबाट प्राप्त हुने अंक | |
| अंग्रेजी भाषाको दक्षता | अंक |
| Superior English – IELTS मा सबै ब्याण्डमा कमसेकम ८ अंक | 20 |
| Proficient English – IELTS मा सबै ब्याण्डमा कमसेकम ७ अंक | 10 |
| Competent English – IELTS मा सबै ब्याण्डमा कमसेकम ६ अंक | 0 |
| अष्ट्रेलियाभित्रको अनुभवका आधारमा | |
| कामको अनुभव (Short Occupation List मा भएको काममा) | अंक |
| गएको दश बर्षमा कमसेकम ८ बर्ष | 20 |
| गएको दश बर्षमा कमसेकम ५ बर्ष | 15 |
| गएको दश बर्षमा कमसेकम ३ बर्ष | 10 |
| गएको दश बर्षमा कमसेकम १ बर्ष | 5 |
| बिदेशको कामको अनुभव | |
| कामको अनुभव (Short Occupation List मा भएको काममा) | अंक |
| गएको दश बर्षमा कमसेकम ८ बर्ष | 15 |
| गएको दश बर्षमा कमसेकम ५ बर्ष | 10 |
| गएको दश बर्षमा कमसेकम ३ बर्ष | 5 |
| शैक्षिक योग्यताका आधारमा अंक | |
| ञोग्यता | अंक |
| Doctorate from an Australian educational institution or other Doctorate of a recognised standard. | 20 |
| At least a Bachelor degree, including a Bachelor degree with Honours or Masters, from an Australian educational institution or other degree of a recognised standard. | 15 |
| Diploma or trade qualification or other qualification completed in Australia, or qualification or award of recognised standard. | 10 |
अष्ट्रेलियन शैक्षिक संस्थाबाट कमसेकम डिप्लोमा गरे थप ५ अंक ।
NAATI Course गरेको भए थप ५ अंक ।
Professional Year गरेको भए थप ५ अंक ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस