११ चैत २०७१,
काठमाडौं- चार दिनदेखि आमरन अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति झनै खराब भएको छ। उनको पिसाबमा अघिल्लो तीन दिनदेखि नै 'केटोन' (चिल्लो पदार्थलाई फुटाएर ऊर्जा दिलाउन मद्दत गर्ने) देखिएको छ। केसीको ब्लड प्रेसर पनि घट्दै गएको डाक्टर दिब्या सिंह शाहले बताइन्।
यसपाली डा. केसी छिट्टै गलेको डाक्टर शाहले बताइन्। उनका अनुसार डा. केसीलाई नर्मल सलाइनमात्र दिइएको छ। केसीले मुखबाट केही लिन नमानेको उनले बताइन्। मंगलबार नागरिकन्युजसँगको कुराकानीमा उनले दृढताका साथ आफू नझुक्ने बताएका थिए। 'नागरिकले तिरेको करबाट तलब खाने सरकारी अधिकारी र संविधान निर्माण गर्न गएका सभासद्समेत जनस्वास्थ्यमा खेलबाड गर्नतिर लागेपछि आफू अनसनमा जान बाध्य भएको हुँ। यो आन्दोलनमा म झुक्नेवाला छैन,' उनले बताएका थिए। उनीसँगको अन्तर्वार्ता पढ्नुस्। आइओएममा अध्ययनरत विद्यार्थीहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनसमेत गरेका छन्। उनीहरुले 'आइओएम टुक्र्याउन पाइँदैन, भ्रस्ट पदाधिकारी चाहिँदैन', '३ करोड नेपाली जनताहरुको प्रश्न... सभासद्को लगानी ठूलो कि जनताको स्वास्थ्य' लिखिति प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
Like this:
Like Loading...
Related
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस