१५ गतेसम्म सहमति गर्न सभाध्यक्षको ‘अल्टिमेटम’
नेम्वाङको भनाइ उद्धत गर्दै पोखरेलले भने,’ तपाइहरु शीर्ष नेताहरुसँग पनि छलफल गर्नुस। १५ गतेभित्र सहमति गर्नुस। त्यो भित्र पनि सहमति गर्न सक्नुभएन भने म संविधानसभाको बैठक बोलाउँछु।’सभाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, मधेसी दलायत आठ राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
अध्यक्ष नेम्वाङले एकसाता अघि संविधानका अर्न्तवस्तुमा सहमति या प्रक्रियामा जाने विषयमा टुंगो लगाउन आजसम्मको समयसिमा तोकिदिएका थिए। तर नेम्वाङले तोकेको समयसिमाभित्र संविधानका विवादित अर्न्तवस्तु र प्रक्रिया कुनैमा पनि सहमति नभएपछि आगमी प्रक्रियाका बारेमा छलफल गर्न प्रमुख सचेतकसँग छलफल गरेका हुन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस