पाइनन् साम्राज्ञीले बेलायतको भिषा, इन्टु मिन्टु लण्डनमा अलपत्र
१३ अक्टोवर २०१७, काठमाण्डौ- चलचित्र ड्ट्रिम्सबाट नेपाली रजतपट प्रवेश गरेकि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बेलायतले भिसा दिन अस्वीकार गरे पछि ठुलो बजेटको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन रोकिएको छ । काठमाडौं र लन्डनमा छायांकन हुने भनिएको यो चलचित्रमा नायीकाको रुपमा साम्राज्ञी अनिबन्धित छिन् । साम्राज्ञीले नेपालस्थित बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।
स्रोत अुनसार साम्राज्ञी सहित चलचित्र युनिटका करिब १० जनाको भिसा बेलायती दूतावासले रद् गरेको छ । भदौ १६ गते प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शन हुनु अगावै साम्राज्ञी बेलायत जाने बताएकी थिइन् । सोही कारण उनले चलचित्र प्रदर्शन हुनु भन्दा महिना दिन अघिनै मिडियामा अन्तवार्ताहरु दिएकी थिइन् । तर चलचित्र प्रदर्शन भएको महिनौ दिन बितिसक्दा पनि साम्राज्ञी नेपालमै छिन् ।
बेलायतले भिसा नदिँदा साम्राज्ञीले ए मेरो हजुर २ को प्रमोशनमा राम्रै दौडिने समय पाएकी थिइन् । ‘इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् ।दोस्रो पटक भिसा आवेदन दिँदा बलियो प्रमाण जुटाउनु पर्ने भएका कारण यस वर्ष फिल्मको छायांकन सुरु हुने संभावना न्यून छ । जुन १६ देखि अगष्ट ७ सम्म फिल्मको छायांकन हुने बताइएको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस