ताजा खवरहरु:

केयर वर्कर १ बर्षका लागी जेल चलान, ९५ बर्षिय बृद्दा पिटेको भिडियो सार्वजनिक (भिडियो सहित)

दुरव्यावहार गर्दैगरेको भिडियोबाट लिईएको फोटो

८ अक्टोवर २०१७, म्यारिल्याण्ड- ९५ बर्षिय व्हिल चेयर आश्रीत एक बृद्दालाई शारीरिक दुरव्यावहार गरेपछि एक केयर वर्कर बर्षदिनका लागी जेल चलान भएकि छन् । अमेरीकाको म्ययारील्याण्डकि ४८ बर्षकि रोक्जान बुक्कान नाम गरेकि एक केयर वर्कर जेल दोषी देखिएको फोक्स न्युजले बताएको छ ।

रोक्जानले म्यारिल्याण्डको सिल्बर स्प्रिङमस रहेको Springvale Terrace retirement community नाम गरेको केयर फ्यासिलिटिमा बस्ने बृद्दालाई हातपात गरेको अनुसन्धानवाट खुलेको छ  । 

दुरव्यवहार गर्ने केयर वर्कर

सार्वजनिक भएको भिडियो फुटेजमा खानाको ट्रे बृद्दाको अगाडी राख्दै “मसँग जोरी नखोज” भन्दै थप्पड हानेको देखिएको छ । त्यसपछि बृद्दाको छेउमा बसेकि रोक्जानले बृद्दाले न्यापकिनले मुख पुस्न खोज्दा पुन दुई थप्पड हान्छिन् । बृद्दाले कफि पिइरहेको बेला प्लेटतिर देखाउदै “यो खाउ” भन्दै महिलाले कराउछिन र पुन दुइपटक टाउकोमा पिट्छिन । एकपटक त मोबाईल फोनले नै टाउकोमा हान्छिन् ।

रोक्जानले पुन केयररका रुपमा काम गर्नका लागी १२ महिनाको जेलसजायको अतिरिक्त ३ बर्षको परीक्षणकाल पास गर्नुपर्ने छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading