ताजा खवरहरु:

अर्थमन्त्री महत चढेको गाडीमा आक्रमण

पोखरा—कास्कीको सल्यान गाउँ जाँदै गरेका अर्थमन्त्री रामशरण महत चढेको बा १३ च २५१ नम्बरको गाडीमाथि एकीकृत नेकपा माओवादी समर्थित विद्यार्थीले पोखराको सिम्पानीमा आक्रमण गरेका छन्। मन्त्री महतको गाडीमाथि बिहान साढे ११ बजे लुकेर बसेका विद्यार्थीले ढुंगा प्रहार गरेका थिए। 

प्रहरीले मन्त्री महतको गाडीमा ढुंगामुढा गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किरण सापकोटा क्षितिज, पृथ्वीनारायण क्याम्पस पोखराका अखिल क्रान्तिकारीका नेताहरु लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाइँ, दिनेश पौडेल र विशाल गुरुङलाई पक्राउ गरेको छ।

कास्कीका एसपी हरिबहादुर पालका अनुसार विद्यार्थीले प्रहार गरेको ढुंगामुढाबाट अर्थमन्त्री सुरक्षित छन्। अर्थमन्त्रीको सुरक्षाका लागि अर्को गाडीबाट सँगै सल्याउन गाउँ गइरहेका एसपी पालका अनुसार अहिले मन्त्री महत सुरक्षित रुपमा गन्तव्यतर्फ गइरहेका छन्।

३० दलीय मोर्चाको सरकारका मन्त्रीलाई कालोझन्डा देखाउने निर्णयअनुसार विद्यार्थीले कालोझन्डा देखाउन खोजेको तर सो असफल भएपछि ढुंगा प्रहार गरेको बताइएको छ।

download


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading