पृथ्वी पुरै ६ दिन पूर्ण अन्धकार हुने कुरा हल्लामात्र
२८ जुलाइ २०१८, सिड्नी- नेपाली अनलाईहरुमा अमेरिकी बैज्ञानिक संस्था नासाको हवाला दिदै 'आगामि दिनमा विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ' भन्ने समाचार हाल्लामात्र रहेको बुझिएको छ ।
नेपाली अनलाईनहरुमा 'नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ, विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो
कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् । उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त र संयम रहन पनि नासाले आग्रह गरेको छ ‘ भनिएपनि अनलाईन एडिलेडले नासाको वेभसाइटमा त्यस्ताखाले समाचार कतै भेटेको छैन र कुनैपनि आधिकारीक समाचारपत्र तथा टेलिभिजनले यस्ता समाचार हालसम्म जारी गरेका छैन ।
नेपाली अनलाईन संचालकहरुले आफ्ना पाठकको ध्यान आकर्षित गर्न समय समयमा यस्ता अवफाव फैलाउने गरेका छन । नेपालको साइवर कानुन फितलो रहेका कारण यस्ता मनपरी हल्ला फैल्याउनेहरुले उन्मुक्ति पाउनेगरेको सरोकारवालाहरुको विचार रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस