कविता: कृपया अनशन तोडिदिनुहोस्
मिलन दाहाल
हिजडाहरुको देशमा आदर्श छोडिदिनुहोस्, विन्ति डाक्टर केसी यो अनशन तोडिदिनुहोस् ।
साबित्रीहरु बलत्कृत हुन्छन, गुण्डाहरु पुजिन्छन यहां, भ्रष्टहरुको वकालत गर्दै, हरिषचन्द्रहरु थुनिन्छन यहां ।
त्यसैले डक्टरसाहेव! यो अनशन तोडिदिनुहोस ।
जसका निमित्त तपाईको यो लडाइ हो, तिनै तपाईविरुद्द कराइरहेछन, भ्रष्टहरुको पहरेदार बनि, अन्धकार भविष्यमा हराइरहेछन् ।
दैवीसंकटहरु भोलीपनि आउनेछन,
हैजाहरु फेरी फैलने छन,
मर्ने सोझा जनता नै हुन,
भष्टहरु उडेर विदेश गै जाने छन ।
किनकि,
करोडौं पैसा र भ्रष्ट मानसिकताको
अनैतिक समागमबाट जन्मिएका,
संवेदनाबिहिन डाक्टरहरुबाट
दिनदुखीहरुको किमार्थ सेवा हुनेछैन ।
सेता एप्रोनमा बेरीएका काला सर्पहरुले,
आमालाईपनि कोठीमा बेच्नेहरुसँग,
अंधकार कोठामा,
अध्यारोको ज्योति मास्ने षड्यन्त्र गरी,
सडकमा निस्कनेछन केही दिनमा ।
आमाको महत्व नबुझ्ने हिजडाहरुलाई,
आदर्शको पाठ पढाउने चेष्टा छोडिदिनुहोस्,
तपाईको इमानको थप प्रमाण चाहिन्न,
विन्ति डाक्टरसाहेव ! अनशन तोडिदिनुहोस् ।
काला मनहरुमाझ विकेकशिलता खोजेर कहा पाहिन्छ ?
आदर्श फैल्याउने अभियानमा छौं हामी,
बीज कहि कत्तै छैन, त्यसैले तपाई जीवित चाहिन्छ ।
उठ्न नचाहनेहरुलाई उठाउने प्रयास छोडोदिनुहोस्,
विन्ति डाक्टरसाहेव! यो अनशन तोडिदिनुहोस ।
(कबितालाई यहां क्लिक गरेर सुन्न पनि सकिने छ ।)
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस