ताजा खवरहरु:

एनआरएनको विवाद तत्कालका लागी सकियो, फेयर ट्रेडिङको मुद्दा तत्कालका लागी फिर्ता लिने सहमति

तस्बिर शिव बन्जराको फेसबुकबाट

३० मे २०१७, मंगलवार- गैर आवाशिय नेपाली संघ अष्ट्रेलिया (एनआरएन) को सदस्यतासम्बन्धि विवाद तत्कालका लागी अन्त्य भएको छ । गत आइतवार एनआरएनए पदाधिकारी तथा असन्तुष्ट पक्षबिच सिड्नीमा भएको वर्तापश्चात दुर्गा बन्जाडे, तीर्थ खतिवडा र शिव बन्जाराले फेयर ट्रेडिङमा नीजहरुले दर्ता गरेको मुद्दा तत्कालका लागी फिर्ता लिने सहभति गरेको एनआरएनको तर्फबाट सुरेन्द्र सिग्देलले जानकारी गराएका छन ।

एनआरएनएको तर्फबाट वार्ता टोलीमा एनआरएनए अष्ट्रेलिया प्रवक्ता ज्ञानेन्द रेग्मी, उपाध्यक्ष दिनेश पोखरेल, पब्लिक अफिसर समिम अन्बर, एनआरएनए अष्ट्रेलिया सदस्यता विवाद समितिका अध्यक्ष डिल्लिराम ढकाल तथा सदस्यहरु डा. जगदिश तिमल्सिना र सुरेन्द्र सापकोटा रहेका थिए भने सदस्यता सम्बन्धि प्रश्न उठाउदै आएका तीर्थ खतिवडा, दुर्गा बन्जाडे र शिव बन्जाराले दोस्रो पक्षको प्रतिनिधित्व गरेका थिए । 

हाल उठेका बिबादित सदस्यहरुको हकमा छानबिनका लागि एनआरएनए तथा समुदायको सदस्यहरु बाट पेश गरिने सुझाब तथा प्रस्ताबहरु सदस्यता विवाद समाधान समितिमा बृहत छलफल गरि प्रमाणिकरण, प्रभावकारिता एबं ब्यबहारिकताका आधारमा अल्पकालीन एबं दीर्घकालीन रुपमा समस्या समाधानको लागि अघि बढ्ने सहमति गर्दै सदस्यता सम्बन्धि विवादहरु लाई लिएर फेयर ट्रेडिङ्ग, कन्जुमर अफेयर्स र अस्ट्रेलियाको इन्फर्मेसन कमिसनमा गरिएका उजुरीहरु तत्कालै फिर्ता गर्ने लिखित सहमति भएको बताएइको छ ।

सदस्यता सम्बन्धि प्रश्न उठाउदै आएका मध्येका  शिव बन्जाराले एनआरएनए अष्ट्रेलियाको शुद्धिकरण र सुदृढीकरणको लागि सदस्यता बितरण सम्बन्धि उठेका बिबादीत बिषयको निश्पक्ष छानबिन गरि समस्या समाधान गर्न र निकासा निकाल्नको  बसेको बैठक ऐतिहासिक भएको प्रतिकृया दिएका छन । उनले यसको प्रकृया अलि लामो हुने भएकोले केहि समय निर्बाचनलाई स्थागीत गरेर आफुहरुसहितको बिबाद समाधान समितिबाट सदस्यता छानबिन हुनुपर्ने र उक्त समितिबाट नै सदस्य बन्नका लागी तिरेको रसिद प्रमाणिकिकरण गराउने ब्यवस्था गराउन प्रस्ताब गरेको बताएका छन । सदस्यता रसिद प्रमाणिकरणको प्रकियाबारे भने उनले केही भनेका छैनन् ।

यदि बन्जराले गरेको प्रस्तावलाई एनआरएनएले मान्ने हो भने ८ जुलाईका लागी एनआरएनए अष्ट्रेलियाले तय गरेको निर्वाचनको मिति सर्ने पक्का छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading