न्यायधिस बमका मुख्य सुटर साउदी अरबमा पक्राउ
अरबमा पक्राउ परेको जानकारी आएको बताए।
घटनाका प्रमुख योजनाकार चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापासहित ४ जनालाई प्रहरीले करिब साढे दुई महिनाअघि सार्वजनिक गरेको थियो।
बाबु थापा र सहयोगी प्रेमराज खड्का बा३९प २०५१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका थिए। त्यस्तै, घटनामा गोली चलाउने करण चौधरी (शिव) र दीपक कर्णलाई जनकपुरबाट पक्राउ गरिएको थियो।
मुख्य योजनाकारसहित चार जना पक्राउ पर्नुभन्दा एक महिनाअघि मात्र मुख्य सुटर सञ्जय साउदी अरब गएको खुलेको थियो।
यस्तै, अर्का आरोपी ज्ञानु लामा हातहतियार तथा खरखजाना मुद्दामा नक्खु कारागार छन्। बम हत्यामा प्रयोग भएको ७.६५ आकारको गोली लाग्ने पेस्तोल सुटरबाट लामाले लिएको बाहेक घटनामा उनको भूमिका प्रहरीले खुलाएको छैन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हत्या योजनकारको अभियोगमा पक्राउ गरेका बाबु थापासहित ४ मध्ये एकजना धरौटीमा छुटेका थिए भने तीनजना पूर्पपक्षमा छन्।
सञ्जय वैदेशीक रोजगारीको सिलसिलामा साउदी अरब गएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो। –
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
९ चैत २०७१, काठमाडौं-सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य सुटर सञ्जय स्मालीमगर साउदी अरबमा पक्राउ परेका छन्। करिब ३ वर्ष अगाडि युएनपार्कमा गोली हानी बमको हत्या भएको थियो। करिब साढे दुई महिना अगाडि मात्रै प्रहरीले बम हत्या रहस्य सुल्झाउँदा मगर मुख्य सुटर रहेको खुलेको थियो। नागरिकन्युजसँग कुराकानी गर्दै प्रहरी केन्द्रीय अनुसन्धान ब्यरोका डिआईजी हेमन्त मल्लले मगर साउदी
प्रतिकृया दिनुहोस