फेसबुकमा केहिवेर आएको खराबिले लाखौं प्रयोगकर्ता चिन्तामा
९ मे २०१७, एडिलेड- फेसबुकमा केहीवेर आएको खराबिका कारण अष्ट्रेलिया, न्यु जिल्याण्ड र एसियाका केही भागका मानिसहरु केहीबेर निकै चिन्तामा रहे । बिहान केहीबेर फेसबुकमा मानिसहरुको पहुच हुन सकिरहेको थिएन र पहुच गर्न खोज्दा "हामी यसमा काम गरिरहेका छौं, हामी सकेसम्म चाडों यसलाई ठिक पार्नेछौं ।" भन्ने कम्पनिको म्यासेज देखाइरहेको थियो ।
यसरी फेसबुकको प्रविधिमा समस्या अष्ट्रेलिया, न्युजिल्याण्ड, एसियाका केही भाग र नर्थ अमेरीकामा रहेको थियो । फेसबुकमा उक्त समस्या करीब आघा घण्टा रहेको थियो तर फेसबुकबिनाको त्यो आघा घण्टा काट्न प्रयोगकर्ताहरुलाई निकै गार्हो भइरहेको आभाष हुन्थ्यो ।
सम्सया आएको १० मिनेटमा नै हज्जारौं प्रयोगकर्ताले ट्विटरमा #Facebookdown भन्ने ट्रेण्डिङ चलाएका थिए ।
“हाम्रो प्रोफाइल गुम्यो भने के गर्ने ? मलाई त त्यो मान्य हुने छैन । ” एकजना ट्विटर प्रयोगकर्ताले लेखे ।
“भर्खरै मैले एकजना मान्छेलाई वास्तबिक रुपमै भेटें, तर खासै रमाइलो भने भएन ।” अर्काले थपे ।
फेसबुक बिना अबको जीवन कति असहज हुनेछ भन्ने सोझै अन्दाज गर्न सकिन्थ्यो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस