एप्पलको तीन महिनाको नाफा १८ अर्ब डलर
न्युयोर्क (एजेन्सी), माघ १५ – सूचना प्रविधिको अग्रणी अमेरिकी कम्पनी एप्पलले ऐतिहासिक नाफा आर्जन गरेको छ ।
आर्थिक वर्षको पहिलो त्रैमासिकमा एप्पले १८ अर्ब डलर (करिब १८ खर्ब रुपैयाँ) खुद नाफा गरेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । यो नाफा दुइ वर्षअघि एक्सोन मोबाइल कम्पनीले दोस्रो त्रैमासिकमा कमाएको खुद नाफाभन्दा २ अर्ब १० करोड डलरले बढी हो । स्ट्यान्डर्ड एन्ड पुअर्स प्रतिवेदनका अनुसार एक्सोन मोबाइलले सन् २०१२ को दोस्रो त्रैमासिकमा १५ अर्ब ९० करोड डलर खुद मुनाफा गरेको थियो ।एप्पलले तीन महिनामा गरेको खुद नाफा झन्डै नेपालको वाषिर्क गार्हस्थ उत्पादन -जीडीपी) जति नै हो । मुलुकको वाषिर्क जीडीपी १९ खर्बको हाराहारीमा छ ।
एप्पलको नाफा बढ्नुमा आई फोनको बिक्रीले ठूलो
भूमिका खेलेको छ । कम्पनीको तथ्यांकअनुसार उक्त त्रैमासिकमा ७ करोड ४५ लाख आई फोनको बिक्री भएको थियो । बीबीसीसँगको टेलिफोन कन्प|mेन्समा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने, ‘आई फोनको बिक्री अपत्यारिलो रूपमा बढेको छ ।’
आई फोनको तुलनामा आई प्याडको बिक्री भने निराशाजनक रूपमा घट्दै गएको छ । सन् २०१४ को पहिलो तीन महिनाको तुलनामा आई प्याडको बिक्री २२ प्रतिशतले घटेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
एप्पलको आई फोन सिक्सले विश्व बजार पिटिरहेको छ । यसका अन्य मोडल पनि विश्वभर उत्तिकै चर्चित छन् । यिनमा २ प्रतिशतदेखि ३९ प्रतिशत नाफा एप्पलले कमाउँदै आएको छ । विश्वको धेरै जनसंख्या भएको चीनमा समेत एप्पलले
आफ्नो पकड जमाउँदै लगेको छ । एसिया प्रशान्त क्ष्ाेत्रमा प्रायः सामसङको पकड छ । ‘ओ माई गड,’ कल्ट अफ म्याक नामक वेबसाइटका एडिटरले भनेका छन्, ‘चीनमा समेत एप्पल नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ ।’
चीनमा देखिएको एप्पल मोहले यसको नाफा वृद्धिमा ठूलो भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ । कम्पनीका अनुसार सन् २०१४ मा चीनमा १६ अर्ब डलरको कारोबार भएको थियो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढी थियो । उक्त वर्ष पूरै युरोपमा भने १७ अर्ब डलरको मात्र बिक्री भएको थियो । एप्पले त्यसबेला करिब ७५ अर्ब डलरको कारोबार भएको थियो । जुन सन् २०१३ को तुलनामा ३० प्रतिशतले बढी हो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस