ताप्लेजुङमा आगलागी
भाइ, भरत श्रेष्ठ, युवराज बराल, मोती पालुङ्वा, डम्बर चूँडाल, मुक्ति पौडेल, शारदा श्रेष्ठ, महेन्द्र खतिवडा, गोपाल न्यौपाने, ठाकुर साम्सोहाङ, बुद्धराज पालुङ्वा, प्रकाश गुरुङको घरका साथै पूर्वेली होटल, मिठाई पसल, गिरी कटेज, हाम्रो फोटो र जिविसको ऊर्जा भवन जलेका छन् ।
साँझको बतासले आगो दन्किएको र खाना पकाउने ग्यास पनि पडकिन पुगेकाले नियन्त्रण गर्न कठिन भएको थियो । पश्चिम क्षेत्रको भीम मिश्रको तीनतले पक्की घर भएकाले त्यसको छतबाट सयौं मानिसले ढुंगा र माटो हालेका थिए । त्यहींबाट आगो नियन्त्रणमा आएको हो । ताप्लेजुङमा दमकल नभएको र पानीको समेत समस्या भएकाले आगलागी रोक्न प्रशाासनले नरेन्द्र गुरुङको घर भत्काएको थियो । सदरमुकाम प्रवेश क्षेत्र भएकाले बाक्लो बस्तीका सबैजसो घरमा होटल तथा पसल थिए । तलामुनि र माथि दुवैतिर पसल रहेकाले करोडौंको क्षति भएको आकलन गरिएको छ । सदरमुकाम क्षेत्रका टेलिफोन तथा इन्टरनेट अवरुद्ध भएको छ । सल्लाघारीसमेत रहेको क्षेत्रमा आगो फैलने त्रासले स्थानीयवासी सुरक्षित स्थानमा भागेका थिए । आगो भान्साबाट सुरु भएको अनुमान गरिए पनि यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए ।
२०६० सालमा पनि सदरमुकामको वीरेन्द्र चोकमा आगजनी भएको थियो । त्यसबेला ४१ घर जलेका थिए । ५१ करोड बढी क्षति भएको थियो । त्यसपछि शेर्पा टोलमा १४ र टुक्रे बजारका पाँचवटा घर जलेका थिए । प्रशासनले आगजनी नियन्त्रणको ठोस प्रबन्ध गर्न नसक्दा ठूलो क्षति हुने गरेको छ । नगरपालिकाका अधिकृत जयराम उप्रेतीका अनुसार गत वर्षदेखि मात्रै कार्यान्वयनमा आएको ताप्लेजुङ नगरपालिकाले दमकल ल्याउने प्रक्रिया बढाएको छ । सोमबार पनि इलामबाट दमकल बोलाइएको थियो । तर इलामबाट ताप्लेजुङ आइपुग्न छ घन्टा बढी समय लाग्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
९ चैत्र २०७१, ताप्लेजुङ - सदरमुकाम फुङलिङको तोक्मेडाँडा क्षेत्रमा सोमबार साँझ आगजनी हुँदा दुई दर्जनभन्दा बढी घर जलेका छन् । पूर्वेली होटलमा ६ः४० बजे लागेको आगोले सदरमुकामको प्रवेशद्वार तोक्मेडाँडासम्मका सबै घर जलाएको हो ।
स्थानीय रामकुमार गोम्देन, गम्भीरमान सुनुवार, गहसिंह एङदेन, गोपी गुरुङ, बुद्धिमान कार्की, रनमाया गुरुङ, खडगबहादुर एङदेन, रमेश गौतम, पालसिंहको
प्रतिकृया दिनुहोस