‘अमेरीकाले हेपेको’ अष्ट्रेलियाको ठम्याइ

trump-4२ फेब्रुवरी २०१७, एडिलेड- अमेरिकी राष्ट्रपतिको पद सम्हालेदेखि नै आक्रामकरुपमा प्रस्तुत भइरहेका डोनाल्ड ट्रम्पले हालै अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुललाई फोनमा थर्काएका छन् । उनले अमेरिका र अष्ट्रेलियाबीच प्रस्तावित शरणार्थिसम्वन्धी सम्झौतालाई लिएर टर्नबुलको सातो खाएको स्रोतहरु बताउँछन् ।

यो सम्झौतामार्फत अष्ट्रलियाले ‘अर्का बोस्टन बम हमलाकारीहरु’ अमेरिकमा धकेल्न खोजेको आरोप ट्रम्पले लगाएका थिए । यसअघि उनले बिहिबार दिउसो ट्वीटरमा शरणार्थि स्वीकार्न तयार भएकोमा ओबामा प्रशासनलाई दुत्कार्दै एउटा टिप्पणी लेखेका थिए ।

ट्रम्पले लेखेका थिए, ‘के तपाईं विश्वास गर्नुहुन्छ ? ओबामा प्रशासनले अष्ट्रेलियाबाट हजारौंको संख्यामा अवैध आप्रवासीहरुलाई भित्र्याउन सहमति जनाएको थियो । किन ? म यो मुर्खतापूर्ण सम्झौताको अध्ययन गर्नेछु ।’

वरिष्ठ अमेरिकी अधिकारीहरुका अनुसार २५ मिनेट लामो वातचितपछि आक्रोशित ओबामाले अचानक झ्याप्प फोन राखेका थिए । वातचितका क्रममा ट्रम्पले टर्नबुललाई यो फोन संवाद आफूले त्यो दिन गरेकामध्ये सबैभन्दा खराब भएकोसमेत बताए । यसअघि सोही दिन उनले रुसका राष्ट्रपति भ्लादमिर पुटिन र अन्य तीन विश्वनेतासँग सौहार्दपूर्ण फोनवार्ता गरेका थिए ।

राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले क्यानबेरासँग नाउरु र मनुस आइसल्यान्डबाट १ हजार २ सय ५० जना शरणार्थि स्वीकार्ने गरी गरेको सम्झौताप्रति आक्रोश व्यक्त गर्दै टर्नबुललाई भने, ‘यी मानिसहरु म -ल्याउन) चाहन्न ।’

‘यो अहिलेसम्मकै सबैभन्दा खराब सम्झौता हो,’ उनले थप भने, ‘पुनर्वासको सम्झौता अनुशरण गरे भने मेरो राजनीतिक हत्या हुनेछ ।’

यो फोन संवाद वाशिंटनको समयअनुसार शनिबार दिउसो र अष्ट्रेलियाको समयअनुसार आइतबार बिहानै भएको थियो । तनावपूर्ण संवादका क्रममा ट्रम्प पटक-पटक टर्नबुलसित जंगिएका थिए ।

टर्नबुलले वार्तालाई मोडेर सिरियाको द्वन्द्वलगायतका अन्तर्राष्ट्रिय मामलाहरुतर्फ लैजान खोजेपछि ट्रम्पले झ्याप्पै फोन राखेको स्रोतहरु बताउँछन् ।

मिडियामा पोखिएको यस फोन संवादका विषयमा प्रधानमन्त्री टर्नबुलले मुख खोलेका छैनन् । आफूले यसबारेमा कुनै प्रतिक्रिया नदिने उनले बिहिबार बताए ।

‘यस्ता वार्ताहरु खुलस्त र निजी हुन्छन् । यसबारे आएका खबरहरुमा म केही पनि जोड्न चाहन्न,’ उनले भने ।

यो फोन संवादपछि भएको एक छलफलमा संलग्न सरकारी अधिकारीका अनुसार प्रधानमन्त्री टर्नबुलले अमेरिकी राष्ट्रपतिले आफूलाई हेपेको अर्थमा लिएका छन् ।

Leave a Reply