ताजा खवरहरु:

कक्षा-कोठामै प्रेमीकालाई जलाएर आफुपनि जलेपछि

दुवै मेडिसिनका विद्यार्थी

woman-on-fire२ फेब्रुवरी २०१७, भारत- केरलमा मेडिकल कलेजका एक सिनियर छात्रले कक्षाकोठामा प्रेमिकालाई पेट्रोल हालेर आगो लगाइदिएका छन् । घटना बुधबार कोट्टायमको एसएमई कलेजमा भयो । यस क्रममा त्यहाँ अन्य विद्यार्थी पनि उपस्थित थिए । आरोपीले पछि आफूलाई पनि आगो लर्गा । दुबैलाई अस्पताल भर्ना गरियो जहाँ उनीहरुको मृत्यु भयो ।

– न्यूज एजेन्सीका अनुसार युवती मोनिका (परिवर्तित नाम) फिजियोथेरापी कोर्सको चौथो वर्षकी छात्रा थिइन् । – आरोपी आदर्श, २५, सन् २०१३ को ब्याचका छात्र थिए र उनी फेल भएका विषयको सप्लिमेन्ट्रि परिक्षाको मिति थाहा पाउन कलेज आएका थिए । त्यसै क्रममा उक्त घटना भएको हो ।

– मोनिकाकी साथीका अनुसार पहिले दुबै एक अर्कालाई मन पराउँथे तर मोनिकाका परिवार भने उनीहरुको सम्बन्धमा खुसी थिएनन् । जसका कारण उनी  आदर्शसँग टाढा भइन् ।

– त्यसपछि आरोपीले युवतीको पछि लाग्न थाले र उनलाई धम्की दिन सुरु गरेका थिए । उनी मोनिकासँग दोस्रो पटक सम्बन्धका लागि दबाब दिइरहेका थिए ।

– युवतीको परिवारले यसका लागि पुलिसमा मुद्दा पनि दर्ता गराएका थिए ।

युवतीको परिवारले विवाह गराउन अस्विकार गरिदिएका थिएः

– पुलिसका अनुसार आदर्शले युवतीसँग विवाहका लागि उनको परिवारसामू प्रस्ताव पनि राखेका थिए ।

– तर मोनिकाको परिवारले आदर्श तल्लो जातको भएको भन्दै विवाहको प्रस्ताव अस्विकार गरिदिए ।

पुलिसको के छ भनाई ?

– पुलिसका अनुसार आदर्श बोतलमा पेट्रोल लिएर कलेज पुगेका थिए र उनी सिधै युवतीको कक्षा बाहिर पुगे ।

– उनले मोनिकालाई कुरा गर्नका लागि बाहिर बोलाए तर मोनिकाले अस्विकार गरेपछि उनी आफै कक्षाकोठाभित्र गए ।

– कसैले केही बुझ्नुभन्दा पहिले नै आरोपीले युवतीलाई पेट्रोल छर्किएर उनलाई आगो लगाइदिए ।

– घटना पनि आरोपीले अर्को कक्षाकोठामा गएर आफूलाई पनि आगो लगाए ।

– दुबैलाई बचाउने कोसिसमा दुईतीनजना विद्यार्थी घाइते भए ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading