अष्ट्रेलियन पासपोर्टलाई ट्रम्को यात्रा-निषेधले असर गर्दैन: मकोल्म टर्नबुल
मंगलबार भिसा दिन इन्कार गरिएका सिरिया-अष्ट्रेलियन बिद्यार्थीको पुनर्विचार हुनेमा प्रम आशावादी
३१ जनवरी २०१७ सिड्नी- अष्ट्रेलियाका प्रधानमन्त्रि मकोल्म टर्नबुलले अमेरीकाले हालै गरेको यात्रा निषेधको घोषणामा दोहोरो नागरीकता लिएका अष्ट्रेलियनलाई छुट दिने अमेरीकि पदाधिकारीहरुले बताएको भनेका छन् । अमेरीकि नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पको कर्यकारी निर्देशनले सातवटा मुसलमान बाहुल्य देशका नागरीकलाई ९० दिनसम्म अमेरीका प्रवेशमा रोक लगाएको छ । यसरी रोक लगाईएका देशहरु इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरीया र यमन रहेका छन । यी सात देशका अष्ट्रेलियन नागरीकता लिएका मानिसहरुलाई पनि त्यस निर्णयले असर गर्ने हो कि भन्ने त्रास रहेकोमा प्रधानमन्त्रि टर्नबुलले प्रष्ट पारेका हुन ।
ट्रम्पका सुरक्षा सल्लाहकार तथा अमेरीकाका लागी अष्ट्रेलियन राजदुत जो हकि ले अष्ट्रेलियनहरुले छुट पाउने कुरामा आफुलाई विष्वस्त बनाएको बताएका छन । करीब १ लाख १० हजार अष्ट्रेलियन नागरीकहरु उक्त सात मध्ये कुनै न कुनै देसमा जन्मिएका छन । यसरी छुट पाउनेमा क्यानडा र संयुक्त अधिराज्यका दोहोरो नागरीकता लिने नागरीकहरुपनि पर्ने बताइएको छ ।
मंगलबार भिसा दिन इन्कार गरिएका सिरिया-अष्ट्रेलियन बिद्यार्थीको हकमा पुनर्बिचार हुने कुरामा आफु आशावादी रहेको टर्नबुलले बताएका छन । ABC News मा खबर छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस