युएइको भारतीय दुतावासमा बलत्कृत भएकि नेपालीलाई न्याय दिलाउन सरकार उदासिन

huma-raw-pawan-kumar-702x336३१ जनवरी २०१७, युएइ-  युनाइटेड अरब इमिरेट्स (युएई)मा स्थित भारतीय दुतावासमा एक नेपाली युवतीको बलात्कारको घटनालाई भारतीय दुतावास, परराष्ट्र मन्त्रालय तथा गुप्तचर संस्था ‘र’ले लुकाउन खोजेको खुलासा भएको छ ।  युएईको कानुन विपरित युएई सरकारलाई घटना गोप्य राख्न दवाब दिइएको दावि एक अमेरिकी अनलाईन समाचार पत्रिका द सीजे पोष्टले गरेको छ ।
युएईस्थित भारतीय दुतावासमा रिसेप्सनिष्टको काम गर्ने एक नेपाली युवतीलाई त्यहाँका स्थायी सुरक्षा गार्डको काम गर्ने बजनाथले दुतावासकै परिसरमा बलात्कार गरेको समाचारमा बताइएको छ । बजनाथ युएईस्थित भारतीय दुतावासका सुरक्षा प्रमुख पवन कुमार राईद्वारा अबुदावीको स्पार्क सेक्युरिटि सर्भिसेजमार्फत सन् २०१६ को डिसेम्बरमा नियुक्त गरिएका थिए ।

बलात्कृत युवतीले सुरक्षा प्रमुख राईसमक्ष यसबारे उजुरी गरेको भएपनि राईले यसकुरालाई बेवास्ता गरेको बताइएको छ । राईले युवतीलाई सहयोग गर्नुको सट्टा आरोपी बजनाथलाई भारत फिर्ता गरी घटनालाई गुपचुप राख्न खोेजेको बूझिएको छ । बलात्कृत युवती नेपाली भएकाले घटनालाई ‘र’ले नौलो घटनाको रुपमा नलिएको बताइएको छ । घटना पछि सुरक्षा प्रमुख राईले सेक्युरिटि कम्पनीसँगको सम्झौता खारेज गरेका छन् ।
युवतीले घटनाको बारेमा युएई प्रहरी समक्ष उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । ११ जनवरी २०१६ मा राईलाई युएईको परराष्ट्र मन्त्रालयले घटनाको बारेमा सोधपुछ गरेको समाचारमा भनिएको छ । युएईस्थित भारतीय दुतावासका लागि गुप्तचर संस्था ‘र’का अन्डर कभर अफिसर समेत रहेका राईले घटनाको बारेमा स्पष्टीकरण दिन नसकेको सीजे पोष्टले जनाएको छ । स्पष्टीकरण दिन नसकेपछि मन्त्रालयद्वारा राईलाई ७२ घण्टाभित्र देश छोड्न आदेश दिइएको थियो । त्यसपश्चात, युएईका लागि भारतीय राजदुत नवदिप सिंह सुरीले व्यक्तिगत रुपमा मन्त्रालयमा उपस्थित भइ घटनालाई लुकाउन दवाब दिएको बताइएको छ ।
भारतीय परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित कुमार दोवलद्वारा  घटनालाई गोप्य राख्न खोजिएको छ । आरोपीहरुलाई भारत सरकारले कारवाही गर्ने भन्दै युएई सरकारलाई घटना बाहिर नल्याउन आग्रह गरिएको छ । यो घटना युएई भारतको गणतन्त्र दिवसमा सहभागी भएको समयमा भएको थियो ।

नेपाली युवालाई बिदेश पठाएर बाचेको नेपाल सरकार यस घटनामा मौन रहनुले नेपालीहरु सरकारप्रति आक्रोसित बन्न पुगेका छन । सामाजिक सञ्जालहरुमा यसबारे जोडतोडका साथ आबाज उठ्न थालेका छन ।

Leave a Reply