ताजा खवरहरु:

अष्ट्रेलियामा काम खोज्ने तरीकाहरु

job-services-australia२७ अक्टोबर २०१६, एडिलेड- अष्ट्रेलिया आज विश्वमाझ लोकप्रिय गन्तब्य बनिरहेको बेलामा नेपालीहरुबिच पनि लोकप्रिय बन्नु सामान्य हो । अष्ट्रेलिया लोकप्रिय छ र जानेमा सुरक्षित भबिष्यपनि छ यहा । तर सबैको अष्ट्रेलिया यात्रा सहज भने छैन । बर्षौसम्म स्थाइ बसोबासको अनुमति नपाउनेहरुपनि यहा छन भने दसौं बर्ष बसिसकेपछि पुन: अष्ट्रेलिया आउन नपाउने गरी नेपाल फर्कनुपरेका घटनाहरुपनि हामीमाझ छन । पछिल्लो समयमा भिषा रिफ्युज हुने क्रम बढेको छ र यसबाट नेपालीहरुपनि अछुतो छैनन् । अष्ट्रेलियामा आफ्नो भविष्य सुरक्षित बनाउने उपायहरु हामी बताउदै जानेछौं । आजको अंकमा हामी काम खोज्ने सरल तरीकाहरुबारे चर्चा गर्नेछौं ।

कसरी खोज्ने त काम ?

अष्ट्रेलिया कामको प्रचुर संभावना भएको देश भइकनपनि बिभिन्न कारणहरुले नेपालीहरुले आफ्नो क्षमताअनुसारका कामहरु यहिको शिक्षा हासिल गरिसकेपछिपनि प्रप्त गर्न कठिन हुन्छ भने शुरुका दिनमा त्यस्ता कामहरुको कल्पना 'डाडापारीको फल आखा तरी मर' भन्दा बढी केही हुदैन । काम खोज्नुपुर्ब आफुमा भएको क्षमताबारे गहिरिएर सोच्न जरुरी छ । केही सीप नै हातमा नभएपनि केही गर्ने उर्जा भए, अष्ट्रेलिया कामका आधारमा विभेद नगरिने देश भएका कारण सानो कामबाट शुरुवात गरेर आफ्नो क्षमताअनुसारको काममा बिस्तारै प्रयास गर्नु नै उपयुक्त हुन्छ । अष्ट्रेलिया आउने तयारी गर्दैखेरी कामलाई तुलना गर्ने नेपाली शैलीलाई लात मारीहाल्नु नै फाइदाजनक हुन्छ । कुनै काम ठुलो अथवा सानो हुदैन । अष्ट्रेलियन बुझाइअनुसार काम केबल पैसा कमाउने बाटोमात्र हो ।

१.  नेटबर्क बिस्तार

अष्ट्रेलियन बजारमा कामका लागी सबैभन्दा आवश्यक कुरा भनेको विश्वास हो । कुनैपनि कामका लागी विश्वासिलो कामदारको खोजी गर्दछ यहाका कम्पनीहरुले । साथै धेरै कामहरुमा वेवसाइटमा नआइकनै चिनेजानेका मान्छेहरुको सिफारिसका आधारमा मानिसहरुलाई राख्ने गरिन्छ ।   तसर्थ काममा लागीसकेका मानिसहरुसँग सकेसम्म सम्पर्क र चिनजानी बढाउनु अष्ट्रेलियामा आउनासाथ काम पाउनका लागी निकै महत्वपुर्ण हुन्छ ।

२. कामप्रति बिभेद गर्ने मानसिकतामा परीवर्तन

हामी नेपालीहरु कामका आधारमा भेदभाव गर्ने संस्कृतिबाट आएका हुनाले अष्ट्रेलियामा आइसकेपछिपनि यो काम ठुलो, त्यो काम सानो भन्ने भ्रम मगजमा बोकिरहनाले निकै पछि पर्छौं । तर अष्ट्रेलियामा कामलाई पैसा कमाउने बाटोका रुपमा मात्र हेर्ने गरिन्छ । यहा काम सदैब सम्मानित हुन्छ । बेरोजगारीमात्र तिरस्कृत हुन्छ । जतिसक्दो हामीले कामलाई घृणाको दृष्टिले गर्ने मानसिकतालाई परीवर्तन गर्छौ, त्यति नै चाडो हामी प्रगतीपथमा लम्कन सक्छौं । शुरुमा जीवन धान्नका लागी जे काम पाईन्छ त्योबाट शुरु गर्दै आफ्नो योग्यता अनुसारको काम खोज्दै जानु बुद्दिमतापुर्ण कदम ठहर्नेछ कालान्तरमा ।

३. अष्ट्रेलियाका सर्ट कोर्शहरु गर्ने

अष्ट्रेलिया यस्तो देश हो, यहा ‘क्लिनिङ’ गर्नका लागी पनि पठनपाठन गर्नुपर्ने हुन्छ र कामदाताको आवश्यकताअनुशार बिभिन्न छोटा कोर्शहरुको बिकाश गरिएका छन् । यहा आएर काम खोज्नमा समय खेर फाल्नुभन्दा यस्ता छोटा कोर्सहरुमा जतिसक्दो चाडो भर्ना भएर हातमा ज्ञान लिएर बस्नु उपयुक्त हुन्छ । हाल निकै डिमाण्डमा रहेका कोर्सहरुमा एज्ड केयर, होम केयर, फुड प्रिप्ररेसन/हाइजिन, डिसेबिलिटि इत्यादि हुन ।

४. भाषागत बिकाश

अष्ट्रेलियामा आउनासाथ हाम्रो अंग्रेजी बोल्नै शैलीलाई यहीको ढाचामा बदल्नु अर्को महत्वपुर्ण कुरा हुनआउछ ।

५. सिभि/ जव एप्लिकेसन

कामका लागी अर्को महत्वपुर्ण कुरा भनेको सिभि र जव एप्लिकेसन लेटर हो । सिभि र जव एप्लिकेसन लेटर भनेको तपाईले आफुलाई काम दाताको सामुन्नेमा प्रस्तुत गर्ने कागज हो । तसर्थ यो जति बलियो र आकर्षक हुन्छ, तपाईको काम पाउने संभावना त्यति नै बढी हुन्छ । अर्थ न बर्थको सीभि हजार ठाउमा पठाउदाभन्दा अर्थको सिभि पाच ठाउमा पठाउदा तपाइको इन्टरभ्युमा बोलाईने संभावना बढी हुन्छ । तरर्थ राम्रो सिभि लेख्नका लागी अष्ट्रेलियामा स्थापित भइसकेकाहरुसँग सम्पर्क गरी त्यहि ढाचाको सिभि बनाउदा फाइदा हुन्छ ।

६. कामका केही लोकप्रिय साइटहरु

  1. www.seek.com
  2. www.careerone.com
  3. www.jobsearch.gov.au
  4. www.gumtree.com.au
  5. www.mycareer.com.au
  6. www.simplyhired.com.au
  7. www.indeed.com.au


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading