ताजा खवरहरु:

पुर्ण परियारको नया म्युजीक भिडियो बजारमा

 purna६ सेप्टेम्बर २०१६, ब्रिसबेन- अष्ट्रेलियामा रहेर नेपाली साँगीतिक क्षेत्रमा योगदान दिइरहेका नेपाली गायक पुर्ण परीयारको नंया गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । गायक पुर्ण परियार एक सरल अनि असल व्याक्ती हुन । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन । बाबा जित ब.परियार र आमा अतिरुपा परियारका सुपुत्रको रुपमा जन्मलिएका परियार सानै देखि गीतसङ्गीत मा रुचि राख्ने परियार कतै मादल बज्यो कि गएर गाइदिहाल्ने ।   "बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउदा त्यही बाजाको तालमा आफू पनि रमाउथें" परियार भन्छन् ।

 विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका परियार सामाजिक सेवामा पनि उतिक्कै तल्लिन छन् । परियार अन्तरास्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव हुन । बुन्डोल लाईन्स क्लबको कोषाध्यक्ष समेत रहेका

परीयार जीवनयापनका लागी अष्ट्रेलियामा स्विमिङ्ग सिकाउने गर्छन । सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पुर्णले “ढाटी ढाटी ” (२०७१ ) बजारमा आज भन्दा करिब १.५ वर्ष अधि बजारमा आएको थियो । हाल एकनारायण भण्डारीको शब्द र आफ्नै लय तथा देवि घर्तीको आवाजमा अर्को गीत   ” बुट्टे चोली ” बजारमा आएको छ । अडियो भिडियो सार्वजनिक भएको छ । केही दिन अघि मात्र युट्युव मार्फत बजारमा सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो राम्रो सफलता पाईरहेको छ ।

उनको म्युजीक भिडियो यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading