ताजा खवरहरु:

नेप्लिज होइन, अबदेखी नेपाली (भिडियो)

foreign-Ministry३० अगष्ट २०१६, काठमाण्डौ- परराष्ट्र मन्त्रालयले आफ्ना सबै दस्तावेजमा प्रयोग गर्दै आएको ‘नेप्लिज’ शब्दावलीको सट्टा ‘नेपाली’ शब्द प्रयोग गर्ने निर्णय गरेको छ। अंग्रेजी उपनिवेशको प्रभावमा वर्षौंदेखि नेपाली नागरिकदेखि विदेशस्थित दूतावास र वाणिज्य दूतावासको अंग्रेजीकरणमा ‘नेप्लिज’ लेखिँदै आएकोमा नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले मन्त्रालय सम्हालेको दोस्रो दिनमा नै यस्तो निर्णय गरेका हुन्।

 परराष्ट्र मन्त्रालयले अबदेखि नेपाली नागरिकको राहदानीदेखि विदेशस्थित दूतावास र वाणिज्य दूतावासमा प्रयोग हँुदै आएको नामलाई संशोधन गरेर नेपाली लेख्ने निर्देशन दिएको मन्त्री महतले बताए। ‘तत्काल मन्त्रालय मातहतका सबै निकायमा नेपालीको अंग्रेजीकरणमा नेप्लिज शब्द नलेख्ने निर्णय भएको छ,’ महतले भने, ‘अरु मन्त्रालय र मातहतका निकायमा पनि यस निर्णय अनुरुप बनाउन मन्त्रिपरिषद बैठकमार्फत चाँडै निर्णय हुने छ।’

कतिपय देशले आफ्नो दूतावास र नागरिकको अंग्रेजी नाममा आफ्नै पहिचान रहने गरी लेख्ने गरेजस्तै नेपाली नागरिक र यसका सबै निकायमा प्रयोग हुने अंग्रेजी नामको रुपान्तरण नेपाली नै पर्याप्त र आफ्नो मौलिक पहिचानको भावना झल्किने भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले यो निर्णय लिनुपूर्व आफूले परराष्ट्रविददेखि नेपाली भाषाविदहरूसँग पनि परामर्श गरिएको मन्त्री महतले बताए। (सेतोपाटीवाट)

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading