नेपाली अष्ट्रेलियनको क्रेडिटकार्डबाट दशहजार बढी चोरी
११ अगष्ट २०१६, एडिलेड- एडिलेड बस्ने एक नेपाली अष्ट्रेलियनको क्रेडिट कार्डबाट अष्ट्रेलियन डलर १०,००० भन्दा बढी चोरी भएको छ । उनको कार्डबाट रकम अमेरीकाको सन फ्रान्सिस्को,अष्ट्रेलियाको सिड्नीलगायतका शहरहरुमा खर्च गरिएको अनुसन्धानबाट खुलेको थियो ।
क्रेडिट कार्डको आधिकारीक खर्चभन्दा पनि बढी खर्च भएपछि कार्डधनिलाई बैकले सम्पर्क गरेपछी, कार्ड चोरीको रहस्य खुलेको थियो । त्यसपछी कार्ड धनीले तत्काल कार्डको चोरी भएको जानकारी गराएपछि बैकले कार्ड ब्लक गरी अनुसंधान थालेको थियो । दुइ हप्ताको अनुसंधानपछि कार्ड चोरी भएको निश्कर्षमा पुग्दै बैंकले खर्च भएको रकम कार्डधनीलाई फिर्ता गरिसकेको छ ।
क्रेडिट कार्डबाट रकम चोरी हुनु आजका दिनमा नौलो कुरा होइन तर यत्तिका धेरै रकम भने थोरै मात्र चोरी हुने गरेका छन । तसर्थ क्रेडिट कार्ड विवरण चोरीबाट बाच्न आफुले क्रेडिट कार्ड विवरण दिने ब्याक्ति / संस्थाको बिश्वासनियतामाथी निकै अनुसंधान गर्नु तथा आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट नियमित रुपमा जाँच गरिराख्नु अत्यन्त आवश्यक हुन्छ । यसरी विवरण चोरी भएको शंका लागेमा तुरुन्त बैंकलाई सम्पर्क राखी कार्ड ब्लक गर्न लगाइहाल्नु बुद्दिमान हुन्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया दिनुहोस