मेलबर्न र एडिलेडमा नेपालमा पर्यटन प्रवर्दन गर्न विशेष कार्यक्रम सम्पन्न
१६ जुलाइ २०१६, एडिलेड- नेपालमा पर्यटन प्रवर्दन गर्ने उदेश्यले नेपाली दुतावास क्यानवेरा र नेपाली महाबाणिज्य दुतावास साउथ अष्ट्रेलियाको संयुक्त आयोजनामा साउथ अष्ट्रेलियाको एडिलेड शहरमा १५ जुलाईका २०१६ को साँझ एक विशेष कार्यक्रमको आयोजना गरियो । स्थानिय ट्राभल व्यावसायि र बिभिन्न देशका राजदुत एवं बाणिज्य दुतहरु एवं नेपालमा अन्तराष्ट्रिय गैर सरकारी संस्था संचालन गर्ने अष्ट्रेलियनहरुको ठुलै उपस्थिति रहको उक्त कार्यक्रम एडिलेड शहरको उत्तरतिर अवस्थित क्लेमजिक कम्युनिटि हलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल भ्रमण गरिसकेका तथा नेपालमा अन्तराष्ट्रिय गैर सरकारी संस्था संचालन गर्ने अष्ट्रेलियनहरु नेपालबारे ब्याख्या गरेका थिए ।
नेपाली दुतावास क्यानवेराबाट कार्यवाहक राजदुत राजेन्द्र पाण्डेका विशेष प्रतिनिधिका रुपमा एडिलेड आएका डिल्लिराम शर्माले नेपालमा पर्यटन र पर्यटकहरुका लागी नेपालमा भएका सेवाहरु तथा पर्यटकका लागी सरकारले
गर्नसक्ने सहयोग आदिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटन प्रवर्दनका लागी तयार पारेको बृतचित्रसमेत प्रस्तुत गरिएको थियो ।
ट्राभल एजेन्सिका प्रतिनिधिहरुका बिच नेपालमा अष्ट्रेलियन पर्यटक प्रवर्दनका संभावना एवं चुनौतिबारे अन्तरकृयासमेत गरिएको थियो । कार्यक्रममा लिवरल पार्टिका तर्फबाट माथिल्लो सदनमा प्रतिनिधित्व गर्ने जिङ लिको समेत सहभागीता रह्यो । उनले साउथ अष्ट्रेलियामा रहेका उनका नेपाली साथीहरुले गरेको नेपाल सम्बन्धि कुराकानीहरुबाट र साउथ अष्ट्रेलियामा रहेका नेपालीहरुको लगनशिलता र अग्रसरता देखेर आफु चाडै नेपाल जान आतुर रहेको बताइन । एडिलेडमा नेपाली समुदाय सानो भएपनि उनिहरुको एकताबाट आफु निकै प्रभावित भएको बताउदै ली ले हरेक नेपालीले आफुलाई जस्तै प्रभावित परेर नेपालको विकाशमा योगदान दिनसक्ने बताइन । नेपाललाई निर्माण गर्न नेपालीहरुले के कुरामा जोड दिनुपर्छ जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, शिक्षा, पर्यटनलगायत सामाजीक र आर्थिक विकाशमा नेपालीहरु एकतावद्द भएर लाग्नुपर्ने आफ्नु बुझाइ रहेको बताइन । नेपाल र अष्ट्रेलिया बिचको सम्बन्ध सुधारका लागी हरेक मानिसहरुले आ-आफ्नो ठाउँबाट प्रतिवद्द भएर लाग्नुपर्ने सुझाइन ।
नेपाल भ्रमण गरिसकेकाहरुले प्रकृतिको एक अनुपम उदाहरण नेपालको सुन्दरताको बयान गरिरहदा उपस्थित सबै निकै चाख दिएर सुनिरहेका थिए । यसैगरी उही समयमा भिक्टोरीयाको मेलबर्न शहरमा समेत उस्तै प्रकृतिको कार्यक्रम भएरहेको थियो । कार्यक्रम निकै सफल भएको र नेपालको पर्यटन प्रवर्दनमा कार्यक्रमले उल्लेख्य प्रभाव पार्ने कुरामा आफु आशावादी रहेको साउथ अष्ट्रेलियाका लागी नेपालका महाबाणिज्य दुत दिपक धमलाले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.



प्रतिकृया दिनुहोस