ताजा खवरहरु:

लेबरको मेडिकेयर सम्बन्धि म्यासेज विरुद्द प्रहरीमा उजुरी

text

एटर्निटि जनरल- जर्ज ब्रान्डिस

३ जुलाई २०१६, क्विन्सल्याण्ड- मेडिकेयरबाट निर्वाचनका दिनमा मतदाताहरुलाई आएको भनिएको मोबाइल सन्देसका विरुद्द लिबरल पार्टिले प्रहरीमा उजुरी दिएको छ ।  पत्रकार लगायत थुप्रै मानिसहरुले शनिवार मेडिकेयरबाट भन्दै मेडिकेर बचाउनका लागी राष्ट्रिय गठबन्धनलाई भोट नहाल्न भन्दै मोबाइल सन्देस पठाइएको बताइएको छ ।

"टर्नबुलको मेडिकेयरलाई प्राईभेटाइजेसन गर्ने योजनाले हामीलाई सडकमा ल्याउने छ । मेडिकेयर बचाउने समय क्रमस कम हुदै गइरहेको छ । " सन्देसमा भनिएको बताइएको छ ।

लेबर पार्टिको क्विन्सल्याण्ड शाखाले म्यासेज पठाइएको स्विकारेको छ । म्यासेज मेडिकेयरबाट गएको जस्तो देखिन जानु संयोग मात्र भएको र वास्तबमा बिषयमात्र ‘मेडिकेयर’ राख्न खोजेको लेबर पार्टिले जनाएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading