ताजा खवरहरु:

ब्रिसबेनमा ‘कबवेब’ ब्याण्डले प्रस्तुति दिदै

 cobweb३ जुलाइ २०१६, ब्रिसवेन- अष्ट्रेलियाको ब्रिसबेनमा 'कववेब' ब्याण्डले प्रस्तुति गर्ने भएको छ । कववेब ब्याण्डलाई साथ दिने छन, रोहित क्षेत्री,   समिर आचार्य तथा स्थानिय कलाकारहरुले । समिर आचार्य अष्ट्रेलियाका चर्चित नेपाली गायक हुन् । उनको 'दुनिया बेग्लै छ' बोलको गीत निकै रुचाइएको छ । 'कबवेब' नेपालको चर्चित सँगीतिक समुह हो ।

कार्यक्रम २७ जुलाई २०१६ बुधबारका दिन साँझ ६ बजेबाट २३० Wikham Street, Fortitude Valley स्थित The Foundry हलमा हुने बताइएको छ । कार्यक्रमका लागी प्रवेश शुल्ल $२५ निर्धारण गरिएको छ । टिकटका लागी राजु कान (०४२४ ९४२ ९४८), नेत्र जंग पाण्डे ( ०४३१ १०६ ८२५), आशिष श्रेष्ठ ( ०४१५ ३४१ ५१९), पुर्न परीयार (०४२२ ७२१ ६८३) तथा भानु बराल (०४३० ४३० ४८४) लाई सम्पर्क गर्न सकिने छ । 

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) क्विन्सल्याण्डको आयोजनामा कार्यक्रम हुन लागेको हो भने कार्यक्रमलाई Queensford College, Expert Education and Visa Services, Expert Tele Choice, Aussie Home Loan, Fly me Travels and Tours लगायतले स्पोन्सर गरेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading